ताजा समाचार

खुला दिसामुक्त घोषणा गर्न भान्सा र सुत्ने कोठामै चर्पी, केही भन्दा हाकिम थर्काउने

सिरहा, २ असार । सिराहको सखुवानकारकट्टी गाउँपालिका–३ मिर्जापुरस्थित मुसहर बस्तीलाई खुला दिसामुक्त घोषणा गर्ने गाउँलेका भान्साकोठा र सुत्नेकोठामै चर्पीका प्यान जडान गरेर चर्पी बनेको रेकर्ड बनाइएको पाइएको छ । चर्पी बनाउन ठाउँ नभएका विपन्न समुदायको बस्तीमा भान्सा र सुत्ने कोठामै चर्पीको प्यान जडान गरिएको हो ।

खुला दिसामुक्त घोषणा गर्न बनाइएका त्यस्ता चर्पी प्रयोगविहीन छ । सुत्ने कोठा, भान्सा कोठामै चर्पी बनाइएपछि गाउँलोहरु साविक झैं झाडी र चौरमा दिसा–पिसाब गर्न जाने गर्छन् । खुला दिसामुक्त क्षेत्रको घोषणा कागजमै सीमित भएको छ ।

चौरमा दिसा गरे रोग फैलिन्छ भनेर हाकिमहरु आएर चुल्होमै जोडेरै चर्पी बनाइदिएको नरहाकी भुली सदायाले बताइन् । आफूहरुले केही बोले हाकिमहरुले हप्काएर बोल्नै नदिने उनले बताइन् । आजको नागरिक दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org