ताजा समाचार

गाईफार्ममा भएको आगलागीको छानबिन गर्न समिति गठनको माग

काठमाडौं, ५ असार । शनिवार गोकर्णेश्वरमा रहेका गाइफार्ममा भएको आगलागीको छानविन गर्न समिति गठनको माग गरिएको छ । पशु कल्याणको क्षेत्रमा काम गर्दै आएको एक गैरसरकारी संस्था एनिमल नेपालले आगलागी घटनाको छानवीन गर्न सरकारसँग माग गरेको हो । आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन र गोठ निर्माणको मापदण्ड तोक्न छानबिन समिति बनाउनुपर्ने एनिमल नेपालले सरकारसँग माग गरेको छ ।

एनीमल नेपालले गोठ व्यवस्थापनमा भएको कमजोरीले त्यति धेरै क्षति पुगेको भन्दै अब निर्माण हुने र भएको गोठ व्यवस्थापनको न्युनतम मापदण्ड तोक्नुपर्नेमा जोड दिएको छ । त्यस्तो मापदण्ड बनाउनका लागि पनि उक्त घटनाको छानवीन गर्न एनीमल नेपालले सरकारको ध्यानाकर्षण गराएको हो ।

आगलागी भएको ठाउँ पहिले कुखुराको खोर रहेको र त्यसको स्तरोन्नति भइरहेका बेला आगलागी भएर क्षति भएको थियो । एनीमल नेपालले घटना लगत्तै पशु चिकित्सकको एक टोलीलाई घटनास्थलमा खटाएर घाइते गाईहरुको उपचार गरिरहेको जनाएको छ । उक्त आगलागीमा परि अहिलेसम्म ८२ गाई मरिसकेका छन् भने ४१ गाई घाइते भएका छन् ।

उक्त आगलागीबाट १० टन दाना, एक थान जेनेटर र फार्ममा क्षति भएको छ । उक्त मार्फमा ७५ वटा दुहुनो, २२ वटा व्याउने र बाच्छाबाच्छी गरी जम्मा एक सय २२ वटा गाई रहेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org