गाईफार्ममा भएको आगलागीको छानबिन गर्न समिति गठनको माग
काठमाडौं, ५ असार । शनिवार गोकर्णेश्वरमा रहेका गाइफार्ममा भएको आगलागीको छानविन गर्न समिति गठनको माग गरिएको छ । पशु कल्याणको क्षेत्रमा काम गर्दै आएको एक गैरसरकारी संस्था एनिमल नेपालले आगलागी घटनाको छानवीन गर्न सरकारसँग माग गरेको हो । आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन र गोठ निर्माणको मापदण्ड तोक्न छानबिन समिति बनाउनुपर्ने एनिमल नेपालले सरकारसँग माग गरेको छ ।
एनीमल नेपालले गोठ व्यवस्थापनमा भएको कमजोरीले त्यति धेरै क्षति पुगेको भन्दै अब निर्माण हुने र भएको गोठ व्यवस्थापनको न्युनतम मापदण्ड तोक्नुपर्नेमा जोड दिएको छ । त्यस्तो मापदण्ड बनाउनका लागि पनि उक्त घटनाको छानवीन गर्न एनीमल नेपालले सरकारको ध्यानाकर्षण गराएको हो ।
आगलागी भएको ठाउँ पहिले कुखुराको खोर रहेको र त्यसको स्तरोन्नति भइरहेका बेला आगलागी भएर क्षति भएको थियो । एनीमल नेपालले घटना लगत्तै पशु चिकित्सकको एक टोलीलाई घटनास्थलमा खटाएर घाइते गाईहरुको उपचार गरिरहेको जनाएको छ । उक्त आगलागीमा परि अहिलेसम्म ८२ गाई मरिसकेका छन् भने ४१ गाई घाइते भएका छन् ।
उक्त आगलागीबाट १० टन दाना, एक थान जेनेटर र फार्ममा क्षति भएको छ । उक्त मार्फमा ७५ वटा दुहुनो, २२ वटा व्याउने र बाच्छाबाच्छी गरी जम्मा एक सय २२ वटा गाई रहेका थिए ।
Comments
अरु समाचार
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...