ताजा समाचार

थवाङको चुनाव विशेष चर्चामाः वर्चश्वको लडाइँ सुरु, कसले मार्ला बाजी ?

काठमाडौं, ९ असार । संविधानसभाको दोस्रो निर्वाचनमा शून्य मतदान गरेर चर्चा बटुलेको थवाङ स्थानीय तहको दोस्रो चरणको निर्वाचनका बेला पुनः चर्चामा छ । स्थानीय चुनावमा थवाङीले भाग लिने भएपछि पुनः चर्चामा आएको हो, थवाङ ।

पार्टी लाइन चुनाव खारेजी तर नेकपा प्रभाव रहेको चवाङमै कार्यकर्ता स्वतन्त्रबाट चुनावी मैदानमा भएकाले चर्चा केही चुलिएको छ । अझै अघोषित रुपमा कांग्रेससँगको तालमेलले झनै चर्चा भइरहेको छ ।

स्वतन्त्रबाट अमित घर्तीमगरले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट उपप्रमुखमा श्रीकुमारी रोका उम्मेदवार बनेकी छन् । रोका द्वन्द्वपीडित हुन् । रोकाका बाबुको तत्कालीन विद्रोहताका माओवादीबाट हत्या भएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

स्वतन्त्र उम्मेदवार त्यसमाथि कांग्रेससँगको तालमेलसहित चुनावमा जानुलाई थवाङमा नेकपाकै वर्चश्व कायम गर्ने रणनीतिका रुपमा हेर्न सकिन्छ । थवाङमा विप्लवको राम्रो प्रभाव रहेकाले परिणाम उनकै पक्षमा आउने आँकलन छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org