ताजा समाचार

ऐन विपरित करोडौंको गाडी किन्न नमानेपछि चुनावको मुखमै निर्वाचन आयोगका सचिवको सरुवा

काठमाडौं, ९ असार । सार्वजनिक खरिद ऐन विपरित करौडौंको गाडी किन्न अस्वीकार गरेपछि दोस्रो चरणको स्थानीयत तह निर्वाचन पाँच दिन अघि निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली सरुवामा परेका छन् ।

मन्त्रिपरिषदको विहीबार बसेको बैठकले आयोगका सचिव मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरी उनको ठाउँमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई सरुवा गरी निमित्त सचिवको जिम्मेवारी दिईएको हो ।

निर्वाचनको निहुँमा करोडौंको मुल्य पर्ने पाँचवटा प्राडी गाडी किन्न सचिव मैनालीले नमानेपछि प्रमुख निार्वचन आयुक्त अयोधिप्रसाद यादव आयुक्तहरुलाई ईला शर्मा, नरेन्द्र दाहाल ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सचिवको सरुवा गराएको आजको नागरिक दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org