ताजा समाचार

नापी कार्यालयमा बम विस्फोट गराउने दुईजना अभियुक्त थुनामा

राजविराज, १४ असार । नापी कार्यालय राजविराजमा बम विस्फोट गराउने दुईजना अभियुक्तलाई थुनामा पठाइएको छ । सो अभियोगमा पक्राउ परेका सप्तरीका विष्णुपुर गाउँपालिका–७ का १९ वर्षीय आदित्य शर्मा र रुपनी गाउँपालिका–१ का ३३ वर्षीय मोहम्मद नसिरलाई पुर्पक्षका लागि थुनामा पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिनुभयो ।

राजविराज–छिन्नमस्ता सडकखण्डमा चेकजाँचका क्रममा अन टेस्ट मोटरसाइकल चढेर जाँदै गरेका शर्मालाई प्रहरीको विशेष टोलीले जेठ १३ गते हतियार र जनतान्त्रिक तराई मुक्ति मोर्चा ९क्रान्तिकारी०को पर्चासहित पक्राउ गरेको थियो भने नसिरलाई मेड इन इन्डिया लेखिएको एक थान पेस्तोल र सोमा प्रयोग हुने दुई राउन्ड गोली तथा पाँचसय ग्राम लागुऔषध गाँजासहित पक्राउ गरिएको थियो ।

राजविराज नपा–८ स्थित नापी कार्यालयमा गत वैशाख २९ गते उनीहरुले प्रेसरकुकर बम विस्फोट गराएको प्रहरीको भनाइ छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org