ताजा समाचार

नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोका कारण फेरी बिहानैदेखि अवरुद्ध

चितवन, १६ असार । नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोको कारण फेरि अवरुद्ध भएको छ । शुक्रबार विहानैदेखि सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारीसाधन विचबाटोमै रोकिएका छन् । बिहानैदेखि सवारी रोकिँदा यात्रुहरु अलपत्र परेका छन् ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कालिखोेलामा विहान सवा ८ बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएरातिको अविरल वर्षाका कारण खसेको पहिरो हटाउने प्रयास भइरहेको ट्राफिक प्रमुख सन्तोष पन्तले जानकारी दिए । बाटो फराकिलो पार्ने काम भइरहेकाले नारायणगढ-मुग्लिन सडकखण्डमा पटक-पटक पहिरो गएर बाटो अबरुद्ध हुने गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org