ताजा समाचार

राष्ट्रपति भण्डारीलाई १६ करोडको गाडी किन्न साझा पार्टीले पैसा संकलन गर्दै

काठमाडौं, २८ असार । साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाडी किन्ने पैसा संकलन अभियान थालेको छ । साझा पार्टी बुटवलले राष्ट्रपति भण्डारीलाई गाडी किन्ने पैसा संकलन अभियान थालेको हो । राष्ट्रपतिलाई १६ करोडको गाडी किन्न उसले १ नागरिक १ रुपैयाँ संकलन अभियान सुरु गरेको हो ।

‘सरकार राज्यको ढुकुटी बाढी र भूकम्पपीडितलाई पठाउ’ भन्ने मुल नाराका साथ उसले रकम संकलन अभियान थालेको हो । ‘देशका युवाहरु खाडिमा, राष्ट्रप्रमुख करोडौँको गाडीमा’ लेखिएका प्ले कार्डहरु बोकेर साझा पार्टीले राष्ट्रपतिको गाडीको लागि १ नागरिक १ रुपैयाँ संकलन अभियान संचालन गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org