ताजा समाचार

प्रचण्ड थाइल्याण्डबाट फर्किएपछि साउन १ गते मात्रै मन्त्रिपरिषद् विस्तार गरिने

काठमाडौं, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार (१ साउनमा) मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । शनिबारसम्म मन्त्रीको टुंगो लगाउने र आइतबार विस्तार गर्ने सहमति सत्तासाझेदार कांग्रेस र माओवादी केन्द्रबीच भएको छ ।

‘माओवादी अध्यक्ष शुक्रबार नेपाल फर्केपछि शनिबार दुई दलबीच मन्त्रालय बाँडफाँड टुंग्याएर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने । पत्नी सीताको उपचारका लागि प्रचण्ड बुधबार थाइल्यान्ड गएका छन् । उनी फर्केपछि माओवादीले मन्त्रीहरूको टुंगो लगाउने आजको नयाँ पत्रिकामा खबर छ ।

प्रधानमन्त्री देउवाले २४ जेठमा पद तथा गोपनीयताको शपथ लिएपछि कांग्रेस र माओवादीबाट ३–३ र लोकतान्त्रिक फोरमबाट एक गरी सातजनालाई मन्त्री बनाएका थिए । दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार संविधान संशोधनपछि गर्ने उनको तयारी थियो । तर, प्रमुख प्रतिपक्षी एमाले र राप्रपा सहमत नहुँदा संशोधनका लागि दुईतिहाइ नपुग्ने भएपछि देउवा मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org