ताजा समाचार

पहिरोले अबरुद्ध मुग्लिन नारायणगढ सडक अझै खुल्न सकेन्, सयौं यात्रु बाटोमै रात काट्न बाध्य

चितवन, २९ असार । बुधबार दिउँसो खसेको पहिरोले अबरुद्ध मुग्लिन नारायणगढ सडकखण्ड अझै सुचारु हुन सकेको छैन् । पहिरो हटाउन नसक्दा मुग्लिनबजारदेखि मौवाखोलासम्म र दासढुंगादेखि नारायणगढसम्म गाडी रोकिएका छन् । बिहान ४ बजेदेखि नै पहिरो पन्छाउन थालिएकाले बाटो बन्द गर्नुपरेको ट्राफिक प्रहरीले जनाएको छ ।

बुधबार दिउँसैदेखि गाडी रोकिँदा सयौं यात्रुले बाटोमै रात काटेका छन् । सडकखण्डमा धेरै गाडी रोकिएकाले पहिरो हटाएपछि पनि निकै चापमा गाडी चल्नेछन् । यसअघि पनि इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोला र चार किलो भन्ने स्थानमा पटकपटक पहिरो खसेको थियो । सडक विस्तारका क्रममा भित्तो काटिएको क्षेत्रमा बढी पहिरो खसिरहेको छ ।

यसैविच काठमाडौंको बल्खुबाट दक्षिणकाली हुँदै हेटौडा जाने बाटो पनि बन्द भएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ को थिङडाडामा पहिरो खसेपछि कुलेखानी हुँदै हेटौडा जाने बाटो बन्द भएको हो । मकवानपुरकै सुकौरामा खसेको पहिरो हटाइएपछि सिस्नेरी हुँदै हेटौंडा निस्कने बाटोमा भने गाडी गुड्न थालेका प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org