ताजा समाचार

अब काठमाडौंका खाल्डाखुल्डी पुर्ने जिम्मा तीन सचिवलाई, १५ दिनभित्र खाल्डाखुल्डी नदेखिने

काठमाडौं, ३ साउन । सडकको दुरवस्थाले जोखिम बढ्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आईतबार १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिए । त्यसको भोलिपल्ट सोमबार सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको निर्देशन लागु गर्न निर्देशन गरेको छ ।

‘प्रधानमन्त्रीको निर्देशन पालना गर्न तीन मन्त्रालयका सचिवालय बोलाएर काम गर्न निर्देशन दिएको छुु, प्रधानमन्त्री कार्यालका सचिव चन्द्र घिमिरेले भने, ‘उहाँहरुले सोहीअनुसार काम गर्दे जानुहुनेछु ।,

प्रधानमन्त्री कार्यालयले संघीय मामिला तथा स्थानीय बिकास सचिव दिनेश थपलिया, भौतिक योजना तथा यातायात सचिव देवेन्द्र कार्की र खानेपानी तथा सरसफाइ सचिव भीमप्रसाद उपाध्यायलाई प्रधानमन्त्रीको निर्देशन लागू गर्न जानकारी गराईएको हो । ‘१५ दिनभित्रै सडक चिल्लो बनिहाल्छ भन्ने होइन’, प्रधानमन्त्री कार्यालयका सचिव घिमिरेले भने, ‘धेरै हदसम्म अहिलेको भन्दा सुधार हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org