ताजा समाचार

पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला

काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ ।

धनुषाधाम नगरपालिका वडा न–३ मा रहेको पोखरीमा बिकाउ मण्डलका १३ वर्षीया छोरी चन्द्रिका मण्डल मङ्गलवार नुहाउने क्रममा डुबेर बेपत्ता भएकोमा प्रहरीले खोज्दा पनि फेला नपरेपछि आज आफै पानीमा तैरी रहेको अवस्थामा शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिएका छन् ।

प्रहरीले डुबेको वालिकालाई हिजो दिउँसोदेखि नै खोजीकार्य गरेपनि साँझसम्म फेला पार्न सकेका थिएनन् । बिहान शव पानीमाथि तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाउँदै शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मधेश प्रदेशका जिल्लाहरूमा गर्मी छल्न तथा चाडपर्वमा पोखरीमा नुहाउनका लागि जाने मध्ये दर्जनौँको सङ्ख्यामा वर्ष भरिमा बालबालिकाहरूको डुबेर मृत्यु हुने गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org