ताजा समाचार

सेती नदीमा नुहाउने क्रममा २ युवतीसहित तीन जना बेपत्ता, उद्धार कार्य जारी

पोखरा, ३ असार । नुहाउने क्रममा सेती नदीमा आएको बाढीले बगाउँदा ३ जना बेपत्ता भएका छन् । सोमबार दिउँसोकै घटना भएपनि प्रहरीले भने साँझमात्र थाहा पाएको थियो । पोखर-लेखनाथ महानगरपालिका-३३ पशुपतीघाटमा नुहाउने क्रममा बगेर सोमबार २ युवतीसहित ३ जना बेपत्ता भएका हुन् ।

सोमबार अपराहृन करीब साढे ३ बजे नुहाउने क्रममा एक्कासी बढेको बाढीले बगाउँदा साविक ताप्रे-७ दाङ घर भई हाल पशुपतीघाटमा मजदुरी गर्दै आएका १८ वर्षीया संगीता नेपाली, ध्वनी नेपाली र सुनील परियार बेपत्ता भएका हुन् । नुहाउन नदीमा पसेको केही समयमा नै उनीहरुलाई बगाएपनि प्रहरीलाई साँझ ६ बजेमात्रै खबर आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गर्मी छल्न भन्दै उनीहरु सेती नदीमा पसेका थिए । सुरुमा नदीमा पसेकी संगीता बगेपछि बचाउन गएका सुनीललाई पनि बगाएको र उनलाई बचाउन गएकी ध्वनीलाई पनि नदीले बगाएको प्रत्यक्षदर्शी तथा संगै नुहाउन गएका गोम्छेले बताएका छन् ।

उनले बगाएको धेरै सयमसम्म पौडेर बाहिर निस्कने आशा गर्दै बसेको तर करीब २ घण्टासम्म पनि बाहिर ननिस्केपछि अन्यलाई जानकारी गराएको र प्रहरीलाई खबर गरेको बताए । प्रहरीले बगेका ३ जनाको खोजी गरेपनि अहिले सम्म फेला पार्न सकेको छैन् । आज विहानैबाट गोताखोरसहितको टोलीले खोजी गर्ने कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org