अर्थ समितिको गठरः आयल निगमले टेन्डर मार्फत जग्गा खरिद गर्नुनै भ्रष्टाचार
काठमाडौं, १८ साउन । व्यवस्थापिका संसद् अर्थ समितिअन्तर्गतको उपसमितिले इन्धन भण्डारण गृह निर्माण गर्न नेपाल आयल निगमले गरेको टेन्डर प्रक्रिया नै भ्रष्टाचारको बाटो बनेको ठहर गरेको छ। अर्थ उपसमितिले नियतवशः भण्डारण गृह निर्माण गर्न जग्गा अधिग्रहण ऐनअनुसार जग्गा प्राप्ति प्रक्रियामा निगम नगएको औंल्याएको खबर आजको अन्नपूर्णमा छ ।
उपसमितिको मंगलबारको बैठकमा संयोजक अब्दुल रजाक गद्दीले भने, ‘भौतिक पूर्वाधार निर्माण गर्न जग्गा अधिग्रहण ऐन हुँदाहुँदै आयल निगमले उक्त प्रक्रियामा जानुको साटो टेन्डर प्रक्रियामा गएको देखिन्छ। यही टेन्डर प्रक्रिया भ्रष्टाचारको बाटो बनेको देखियो। जग्गा खरिदमा कुनै प्रकारका भ्रष्टाचार र कमिसनको खेल हुन दिन्नौं।’
संयोजक गद्दीले उपसमितिले निकट भविष्यमै स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने बताए।सस्तो जग्गालाई महँगो मूल्य दिएर खरिद गरेको विषयमा अर्थ उपसमितिले सम्पूर्ण कागजातसहित आपूर्ति मन्त्रालयका सचिव प्रेम राई र निगमका प्रबन्ध-निर्देशक गोपाल खड्कासहितका पदाधिकारीलाई मंगलबार छलफलका लागि डाकेको थियो।
अर्थ उपसमितिले आफ्नो निर्देशन अटेर गरेको भन्दै आवश्यक सम्पूर्ण कागजातसहित ‘जसरी पनि’ उपस्थित ‘हुनू’ भनी आपूर्ति सचिव राई र निगमका प्रबन्ध-निर्देशक खड्कालाई निर्देशन दिएको थियो।उक्त उपसमितिले ३ असारमै जग्गा खरिदसम्बन्धी सम्पूर्ण कागजात उपलब्ध गराउन पत्राचार गरेको थियो। तर, आपूर्ति मन्त्रालय र निगमले निगमसम्बन्धी छलफल गर्ने कार्यक्षेत्र संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको भएको भन्दै कागजात उपलब्ध गराएको थिएन।
त्यसपछि अर्थ उपसमितिले सार्वजनिक खरिदसम्बन्धी विषय सार्वजनिक चासोको विषय भएकाले आफूले पनि हेर्न पाउने भन्दै पुनः तीन दिनको समय दिएर निगम र आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको थियो। दोस्रो पटकको पत्राचारमा पनि निगम र आपूर्तिले कागजात उपलब्ध नगराएपछि उपसमितिले पुनः तेस्रो पटक कागजातसहित ‘जसरी पनि उपस्थित हुनू’ भनेर कडा रूपमा प्रस्तुत भएपछि मंगलबार निगम र आपूर्ति मन्त्रालयका अधिकारी बैठकमा उपस्थित भएका थिए।
‘मन्त्रालयसहित निगमले हाम्रो कार्यक्षेत्र नै छैन भनेर पटक-पटक हाम्रो निर्देशन अटेर गरेको पाइयो’, संयोजक गद्दीले भने, ‘ठूलो परिमाणमा कमिसन आउने आशंकामा निगमले जग्गा अधिग्रहण ऐनलाई नटेकी टेन्डर प्रक्रियामा गएको अहिलेसम्मको अध्ययनले देखाएको छ। जग्गासम्बन्धी बिचौलियाले किसानबाट सस्तोमा जग्गा खरिद गरी निगमसँग मिलेमतो गरी चार दोब्बरभन्दा बढी मूल्यमा उक्त जग्गा बिक्री भएको देखिन्छ।’
आयल निगमले सबै प्रक्रिया र नियम पुर्याएर जग्गा खरिद गरेको आफूहरूलाई जानकारी गराएको बताउँदै उपसमितिका सदस्य तथा सांसद नरदेवी पुनले भनिन्, ‘तर भौतिक पूर्वाधार निर्माणका लागि टेन्डरमार्फत जग्गा खरिद गर्नु नै ठूलो गल्ती भएको हाम्रो ठहर छ। नियमले टेन्डरमार्फत जग्गा खरिद गर्न हुँदैनथ्यो। हामी यो विषयमा गम्भीर भएर छानबिन गर्दै छौं।’
निगममा प्रबन्ध-निर्देशक खड्काले आफूले सरकारले तोकेको सबै मापदण्ड पालना गरी पारदर्शी रूपमा जग्गा खरिद गरिएको दाबी गरे। खड्काले भने, ‘टेन्डरमार्फत पारदर्शी रूपमा नियमानुसार सबैभन्दा सस्तोको बोलपत्र हामीले स्वीकार गरी जग्गा खरिद गरेका छौं। मैले यो खरिद प्रक्रियामा कुनै प्रकारको अनियमितता गरेको छु भने छानबिन होस्। दोषी भएको ठहर भए कारबाही भोग्न तयार छु।’
निगमका निमित्त उपकार्यकारी निर्देशक इन्जिनियर सुशील भट्टराईले इन्धनको डिपो निर्माण गर्न खोला र नदी नजिकको जग्गा नै उपयुक्त हुने भएकाले खरिद भएको बताए। उनले भने, ‘प्राविधिक दृष्टिले इन्धन डिपो सकेसम्म नदी र खोला नजिकै र बस्तीभन्दा टाढा हुनुपर्छ। आगलागी भए नदी र खोलाको पानी उपयोग गर्न सकिन्छ।’निगममाथि झापा, सर्लाही, भैरहवा र चितवनमा सस्तो जग्गालाई अत्यधिक मूल्य दिएर खरिद गरेको आरोप छ।
सार्वजनिक जग्गा खोज्न अथक प्रयास
आपूर्ति मन्त्रालयका सचिव राईले उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले दिएको निर्देशनअनुसार सार्वजनिक जग्गा खोज्ने विषयमा आफूले अथक प्रयास गरे पनि कुनै टुंगो नलाग्दा टेन्डरमार्फत जग्गा खरिद गरिएको दाबी गरे। सचिव राईले सार्वजनिक जग्गा उपलब्धताका लागि करिब दुई महिनासम्म पत्राचार गरे पनि भूमिसुधार मन्त्रालयले कुनै चासो नदेखाउँदा जग्गा खरिदका लागि अन्तिम बाटो ‘टेन्डर प्रक्रिया’ लाई रोजेको जानकारी दिए।
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
वीरगञ्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात
काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा रु पाँच अर्ब २६ करोड ३७ लाख १० हजार मूल्य...
-
अमेरिकी डलरको मूल्य घट्योे, युरोको बढ्यो
काठमाडौँ, १० असोजः नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको...
-
‘बीआरआई नेपाल र नेपालीको हितमा छ, अविलम्ब कार्यान्वयन गरियोस्’
काठमाडौं । बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) नेपाल र नेपालीको हितमा भएकाले शीघ्र कार्यान्वयन गर्नुपर्ने काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले...
-
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ...
-
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
काठमाडौं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९÷८० को...
-
सुनको मूल्यले नयाँ कीर्तिमान
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको...
-
के तपाई भिजिट र पर्यटक भिसामा विदेश गएर काम गर्न खोज्दै हुनुहुन्छ ? सचेत हुन विभागको आग्रह
काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभागले भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी...