ताजा समाचार

गृहमन्त्री शर्मा भन्छन्, ‘काठमाडौंका सडकमा मात्र हैन्, कोठाभित्र पनि विकृति छ, यसलाई हटाउँछु’

काठमाडौं, २० साउन । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौंमा अत्यधिक विकृति र विसंगति रहेको दाबी गरेका छन् । विकृति र विसंगतिले सुरक्षा चुनौती थपिरहेको भन्दै मन्त्री शर्माले त्यसको लागी जनस्तरबाट नै पहल खोजिनुपर्ने बताएका हुन् । शुक्रबार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले काठमाडौंको लैनचौरमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले हरेक टोलले आफ्नो सुरक्षा स्वयंसेवक तयार पार्नुपर्ने बताएका हुन् ।

काठमाडौंको विकृति र विसंगति हटाउन आफू प्रतिवद्ध रहेको भन्दै उनले जनताको सहयोग आवश्यक ।हृकाृ बताए । मन्त्री शर्माले भने, ‘काठमाडौंमा भरिएको विकृति र विसंगतिको धुलोलाई हटाउन प्रतिबद्ध छु, त्यसका लागि जनताको सहयोग चाहेको छु ।’

‘विकृतिहरु सडकमा मात्र छैन कोठा भित्र पनि छ, त्यो विकृति हल गर्नु अबको दायित्व हो,’ विकृति अन्त्यका लागि गृह प्रशासनले ब्यवस्थित प्रहरी परिचालन गर्ने उल्लेख गर्दै मन्त्री शर्माले भने, ‘त्यसमा गृह प्रशासनको मुख्य भूमिका रहन्छ, जसमा तपाई नागरिकको सहयोग भयो भने थोरै समयमा काठमाडौं क्लिन हुनेछ ।’

काठमाडौंबासीलाई आफ्नो टोल र गल्लीमा हुने गतिविधिको रिपोर्ट गर्न पनि मन्त्री शर्माले आग्रह गरे । उनले भने, ‘हरेक टोल र गल्लीको रिपोर्ट पाएमा प्रहरीले काम गर्न सक्नेछ, त्यसमा प्रहरी कर्मचारीलाई थोरै पनि बदमासी गर्न दिइने छैन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org