काकाबाट बलात्कृत १० वर्षीया बालिका गर्भवती, गर्भपतनको आवेदन अदालतद्वारा खारेज
काठमाडौं , २४ साउन । भारतमा आफ्नै काकाबाट एक १० वर्षीया बालिका बलात्कृत भएर गर्भवती भएकी छन् । चंडिगढस्थित कक्षा ६ मा पढ्दै गरेकी ती बालिका आफ्नै काकाबाट बलात्कृत भएपछि गर्भवती भएकी हुन् । उनको गर्भपतनको लागि गरिएको अपिल भारतिय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । गर्भपतनको लागि सर्वौच्च अदालतमा दिइएको आवेदनलाई खारेज गरिदिएको बीबीसीले जनाएको छ । अहिले ती बालिका भारतीय सन्चारमाध्यममा चर्चाको विषय बनेपछि उनकी बुबाले कसैको दुर्भाग्यले पत्रकारलाई फाइदा पुग्ने आरोप लगाएका छन् ।
ती बालिकाले आफ्नो पेट दुखेको बताएपछि उनका बाबुले परिक्षणको लागि अस्पताल लिएर गएका थिए । परिक्षणपछि उनी गर्भवति भएकी पत्ता लागेका थियो । ती बालिकाको मुद्धा हेरिरहेका वकिलले अदालतसमक्ष गर्भपतनको लागि आवेदन दिएका थिए । तर, चिकित्सकहरुले ती बालिकाले गर्भाधारण गरेको ३२ हप्ता भैसकेकोले गर्भपतन गर्न उच्च जोखिम भएको रिर्पोट दिएपछि सर्वोच्च अदालतले उक्त आवेदनलाई खारेज गरिदिएको हो ।
रिर्पोटमा ती बालिकाको गर्भाशयमा भ्रुणहरु स्वस्थ रहेको र उनको शारीरिक अवस्थासमेत सामान्य रहेकोले गर्भपतन गर्नु बालिकाको स्वास्थ्य झन बिग्रने उल्लेख छ । तर, मनोचिकित्सकहरुले ती बालिका निर्दोष र हँसिलो देखिएपनि उनको मानसिक स्वास्थ्य कमजोर भएको बताएका छन् । भारतीय कानुनअनुसार २० हप्ताभन्दा बढी समयको गर्भवति महिलाले गर्भपतन गर्न अदालतको आदेश लिनुपर्ने प्रावधान छ ।
चिकित्सकहरुले आगामी सेप्टेम्बरमा बच्चा जन्मिने बताउँदै ‘सिजेरियन’ विधिमार्फत डेलिभरी गर्ने योजना बनाएका छन् । तर, त्यस समय अगाडी कुनैपनि जोखिम आउन सक्ने भन्दै चिकित्सकहरुले ती बालिकाको निगरानी गरिरहेका छन् । ती बालिकाबाट जन्मिने बच्चालाई नवजात शिशु कल्याण समितिको निगरानिमा कुनै एक परिवारलाई पाल्न दिइने बालिकाको परिवारले बताएका छन् ।
बालअधिकार कार्यकर्ताहरुले ती बालिकाको साथ मानसिक रुपमा दबाब पर्ने कुनै कार्य नहोस् भनेर सर्तक रहेको बताएका छन् । साथै उनले अझै बच्चा जन्माउन सक्छिन् भन्ने विषयमा आफुहरु ढुक्क हुन नसकेको बताएका छन् । ती बालिकालाई बलात्कार गर्ने उनकै काका अहिले जेलमा सँजाय भोगिरहेका छन् । तर, ती बालिकाका बुबाले गम्भीर प्रकारको सँजायको माग गरिरहेका छन् । उनले भने, ‘म चाहान्छु मेरो छोरीको यो अवस्था बनाउने अपराधिलाई मृत्युदण्ड दिइयोस् ।’
Comments
अरु समाचार
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...