चीन आफ्नो दुश्मन भएको भन्दै भारतमा चिनियाँ सामान बहिस्कार
काठमाडौं, २४ साउन । भारत र चीनबीच केही हप्ता यता जारी सीमा विवादका कारण पछिल्ला दिनमा चिनियाँ सामग्रीलाई भारतमा बहिस्कार गर्ने प्रवृति बढेको छ । भारतीयहरुले चिनियाँ सामाग्री वहिस्कार गर्दै उसको आलोचना गरिरहेका छन् । तर यसले भारतलाई नै क्षति हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
तनाव जारी रहेका समय भारतीय दक्षिणपन्थी शक्ति तथा केही सङ्घसंस्था र व्यक्तिहरूले चिनियाँ सामानको बहिस्कार गर्न आग्रह गरेपछि संचारमाध्यमले यस्ता गतिविधिले दुवै मुलुकलाई बेफाइदा हुने उल्लेख गरेका हुन्।
गत जुन १८ गते चीन–भारत सीमाको सिक्किम क्षेत्र डोङलाङ (डोकलाम) मा भइरहेको चिनियाँ सडक विस्तारको काममा भारतीय पक्षले अवरोध गरेपछि दुई देशबीचको तनाव बढेको हो। यसै बिषयलाई लिएर गरिएको बहिस्कारलाई भारतीय दैनिक पत्रिका ‘न्यू इन्डियन डेली’ले ‘आर्थिक कट्टर राष्ट्रवादको पुनरुत्थान’ भनी आफ्नो सोमबारको अंकमा आलोचना गरेको छ।
भारतीय आर्थिक समाचार दैनिक द इकोनोमिक टाइम्सले यस्ता (समान बहिस्कारको) नीतिले चीनमाथि दवाव पर्छ भन्ने कुरा ‘गलत’ सोचमात्र भएको र ‘यसले भारतलाई क्षति पुग्ने’ जनाएको छ । टाइम्सले भारत चिनियाँ सामानको आपूर्तिमा निर्भर रहेको जनाएको छ।
चिनियाँ भन्सार कार्यालयको तथ्यांक अनुसार सन् २०१६ मा चीनबाट भारततर्फ हुने निर्यात ५८ अर्व ३२ करोड अमेरिकी डलर रहेको थियो। चीनबाट सन् २०१५ मा ५८ अर्व २५ करोड अमेरिकी डलर बराबरको सामान निर्यात भएको थियो। यसरी हेर्दा चीनबाट भारत निकासी हुने सामानमा वृद्धि देखिन्छ।
तर गतबर्ष भारतबाट चीनतर्फ ११ अर्व ७६ करोड अमेरिकी डलर बराबरको समान निर्यात भएको र उक्त बर्ष भारतबाट चीन निकासी हुने सामानमा १२ प्रतिशतले गिरावट देखिएको थियो। यसको अर्थ भारतको चीनसँगको व्यापार घाटा ४६ अर्व ५६ करोड अमेरिकी डलर रहेको छ।भारत चीनको ठूलो व्यापारिक साझेदार छिमेकी मुलुक हो। त्यहाँबाट भारतमा ठूलो मात्रामा विद्युतीय सामग्री, औषधि तथा अन्य तयारी तथा कच्चा पदार्थ ल्याइन्छ।
Comments
अरु समाचार
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...