ताजा समाचार

आईएमईको दसैँ, तिहार र छठमा छक्का पञ्जा अफर, यसरी पाउनुहोस्, उपहार जित्ने मौका

काठमाडौं, १२ भदौं । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले नयाँ अफर ल्याएको छ । भदौ १२ गतेदेखि लागू हुनेगरी आईएमई छक्का पञ्जा अफर ल्याएको हो । यो अफर मंसिर ३ गतेसम्म १२ हप्ता सञ्चालन हुनेछ । सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका सेवाग्राही सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

योजना अवधिभर दैनिक लक्की ड्र बाट छनौट हुने ६० जनालाई १०० रुपैयाँ बराबरको आईएमई पे क्यास, हरेक पन्ध्ररपन्ध्र दिनमा १/१ जना भाग्यशाली सेवाग्राहीलाई ६ लाखको जीवन बीमा र हरेक ६/६ हप्तामा १/१ जना भाग्यशाली सेवाग्राहीलाई १० लाख रुपैँया नगद प्रदान गरिनेछ ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत अन्तर्राष्ट्रियरआन्तरिक कारोबारको हकमा पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा विजेता छानिनेछन् । अन्तर्राष्ट्रिय कारोबारको हकमा विजेताले इच्छाएको नेपालमा बस्ने आफन्तलाई पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

जीवन बीमा प्राप्त गर्ने विजेताले सम्बन्धित बीमा कम्पनीद्वारा निर्धारित नियम तथा शर्तहरु पालना गर्नुपर्नेछ । आईएमईका जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेका भौचर कपी योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाल सरकारको नियमानुसार लाग्ने कर सेवाग्राहीले उपहार ग्रहण गर्नुपूर्व नै भुक्तान गर्नुपर्नेछ ।

विस्तृत जानकारीका लागि कम्पनीको आधिकारिक वेवसाइट, सामाजिक संजाल, सहकार्यमा रहेका एजेन्ट साझेदार, क्षेत्रीय प्रतिनिधि, केन्द्रीय कार्यालय एव संचार माध्यममार्फत् सूचना सार्वजनिक गरिनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org