ताजा समाचार

यातायात व्यवसायीले यो वर्षको दशैका लागि नयाँ गाडी नथप्ने

काठमाडौं, १२ भदौं । यसपालिको दसैँका लागि व्यवसायीले नयाँ गाडी नथप्ने भएका छन् । पुराना गाडीकै मर्मत गरेर दसैँमा सञ्चालन गर्ने तयारी भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । लगानीको वातारण नबनेका लागि नयाँ गाडी खरिद गर्न नसकेको यातायात व्यवसायीले बताएका छन् ।

दसैँ आउन एक महिना मात्र बाँकी रहे पनि सरकारसँग कुरा नमिलेको भन्दै महासंघले अझै टिकट बुकिङ खुलाएको छैन । लामो रुटका गाडीको भाडादर पुरानै भएकाले वैज्ञानिक समायोजन गर्नुपर्ने महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । इन्धनको भाउ घट्नासाथ भाडा घटाउने गरिएको तर गाडीको पार्टपुर्जा र लुब्रिकेन्ट्सको भाउ बढेका आधारमा भाडा नबढ्दा मर्का परेको उनको भनाई छ ।

यस्तै व्यवसायीले दसैँमा चल्ने गाडीमा छत राख्न पाउनुपर्ने माग पनि गरेका छन् । बसभित्र सामान राख्दा कोचाकोच हुने हुँदा छतमा सामान राख्न पाउनुपर्ने व्यवसायीको तर्क छ । सरकारले अहिले छतमा यात्रु र कुनै पनि सामान राख्न रोक लगाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org