ताजा समाचार

कौडीको भाउँमा भृृकुटीमण्डपको जग्गाः एक सांसद करोडौं कमाउँदै मालामाल

काठमाडौं, १३ भदौ । राजधानीको केन्द्रस्थित भृकुटीमण्डपभित्र रहेको सार्वजनिक जग्गा एक सांसदले कौडीको भाउँमा ठेक्कामा लिएर करोडौं आर्जन गरिरहेका छन् । सामाजकल्याण परिषद्को नाममा प्रर्दशनीमार्गमा रहेको फनपार्कको ६० रोपनी जग्गा र संगैको २५ रोपनी जग्गा सस्तो दरमा भाडामा लिएर सांसद टेकबहादुर गूरुङले ब्यवसाय सञ्चालन गरिरहेको खबर आजको कान्तिपुरमा दैनिकमा छ ।

५० रोपनी जग्गाको मासिक ५ लाख ५ हजार भाडा तिरेर सांसद टेकबहादुर गुरुङले फनर्पाक लगायतका ब्यवसाय गरी करोडौं कमाईरहेका छन् । मनाङ धारापानीका रवीन्द्र गुरुङ (हाल लन्डन) को वारेसमा पूर्वराज्यमन्त्री भइसकेका सांसद् गुरुङले विगत पाँच वर्षदेखि सस्तो भाउमा ६० रोपनी जग्गालाई मासिक ५ लाख ५५ हजार रुपैयाँमा ठेक्कामा लिएका हुन् । उक्त जग्गा ०६० सालदेखि मासिक ५ लाख ५० हजार रुपैयाँ भाडामा दिइएको थियो । गुरुङले मासिक ५ हजार रुपैयाँ बढाएर भाडामा लिएका थिए ।

उक्त जग्गामा बालबालिका खेल्ने, घुम्ने, रोटेपिङ, पसल, हर्स राइडिङ, रेष्टुरेन्ट, साना चलचित्र घरलगायत छन् । गुरुङले ती संरचनाको थप भाडा तिर्नुपर्दैन । शनिबार र बिदाका दिनमा यहाँ हजारौं बालबालिका मनोरञ्जन लिन आउँछन् । त्यहाँभित्र विभिन्न खेल खेल्दा निकै महँगो शुल्क तिर्नुपर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org