ताजा समाचार

प्रचण्डको निर्वाचन क्षेत्र सिरहाबाट माओवादीले खाता खोल्यो, कर्जन्हा नगरपालिकामा विजयी


काठमाडौं, ४ असोज । नेकपा माओवादी केन्द्रले पनि दुई नम्बर प्रदेशमा खाता खोलेको छ । सिरहाको कर्जन्हा नगरपालिकाको मेयर र उपमेयरमा विजयी हुँदै माओवादी केन्द्रले २ नम्बर प्रदेशमा खाता खोलेको हो ।

मेयरमा गंगा पासवान ४ हजार ३०९ मतसहित विजयी भएका छन् । यसैगरी उपमेयरमा ज्ञानुकुमारी श्रेष्ठ ४ हजार ३१३ मतसहित विजयी भएकी छन् । मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदियाल महतोले ३ हजार १९० र उपमेयरमा एमालेकै अञ्जु रायले २ हजार ९४५ मत पाए । कर्जन्हाका ११ मध्ये ९ वडामा माओवादी केन्द्र विजयी भएको छ । कर्जन्हा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा पर्दछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org