होस गर्नुहोस हैं जुवातास खेल्ने वा जाडरक्सी सेवन गरे दशैभर प्रहरी खोरमा बस्नुपर्ला !
काठमाडौं, ११ असोज । चाडपर्वलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुरमा दसैँ, तिहार छठलगायतका चाडपर्वलाई लक्षित गरेर प्रहरी विशेष सुरक्षा योजना बनाएर मातहतका सबै निकायलाई महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले निर्देशन दिइसकेको छ ।
चाडपर्वमा विशेष गरेर चोरी, डकैती, लुटपाट, रक्सी खाएर झगडा गर्ने, गुण्डागर्दी जस्ता अपराध हुने गर्छ । यस विरुद्ध प्रहरीले कडा रुपमा निगरानी गर्ने जनाएको छ । जसका लागि प्रहरीले उपत्यकाका चोकमा थप सिसी क्यामेरा जडान गरेको छ । यसभन्दा अघि काठमाडौं उपत्यकाका तीन सय ३५ ठाउँमा सिसी क्यामेरा जडान भएको थियो । यो वर्ष चोकमा थप सिसी क्यामेरा थपिएको आयुक्त कार्यालयले जनाएको छ । महत्वपूर्ण आर्थिक कारोबार हुने ठाउँमा व्यवसायीलाई पनि सिसी क्यामेरा जोड्न प्रहरीले लगाएको छ । दसैँ तिहारमा हुनसक्ने चोरी डकैती तथा अपराध नियन्त्रण गर्न ५ हजार ४ सय ३७ प्रहरी परिचालन गरिएको छ ।
त्यति नै मात्रामा सादा पोशाकमा प्रहरी परिचालन गर्ने र नागरिकको सुरक्षामा विशेष ध्यान दिने प्रहरीले जनाएको छ । त्यस्तै आर्थिक कारोबार हुने, बैंक, वित्तीय संस्था, सुपर मार्केट बसपार्कलगायत भिडभाडयुक्त ठाउँमा पनि प्रहरीको निगरानी कडा बढाइने महानगरीय प्रहरी आयुक्त कार्यालयलका एआइजी जयबहादुर चन्दले जानकारी दिए ।
त्यस्तै चाडपर्वका अवसरमा अघिल्लो वर्षको अपराधको अवस्थालाई हेरेर महानगरीय प्रहरी परिसर ललितपुरले पनि चाडपर्व लक्षित सुरक्षा योजना बनाएको छ । दसैँमा हुने अपराध नियन्त्रण गर्न ललितपुर प्रहरीले पनि आफू मातहतका कार्यालयलाई निर्देशन दिइसकेको जनाएको छ ।
प्रहरीले चाडपर्वमा हुने चुनौतीहरुको विश्लेषण गरेको छ । हत्या, बलात्कार, धम्की, पाकेटमारी, चोरी, पेय पदार्थमा नसालु पदार्थ मिसाई खुवाउने, डकैती र लुटपाट, चेन स्न्याचिङ, मुद्रा सटही ठगी, क्यासिनो, जुवा, तास, लङ्गुर बुर्जा र तीन गोटी खेलाउने जस्ता कार्यहरु मुख्य चुनौती रहेको प्रहरीले जनाएको छ । कसैले लंगुर बुर्जा खेलाएको पाइए तिनीहरु दसैँ सम्म प्रहरी हिरासतमा हुने आयुक्त कार्यालये जनाएको छ ।
त्यस्तै रक्सी खाएर होहल्ला, झगडा, खाद्यान्न मिसावट तथा कालो बजारी, टिकटमा कालो बजारी जस्ता कुरा पनि मुख्य चुनौती रहेको र सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । यी चुनौतीलाई ध्यान दिएर सुरक्षा योजना बनाएको र त्यसै अनुसार काम गरेको प्रहरीले जनाएको छ ।
एआइजी चन्दले घटना भएको ५ मिनेट भित्र प्रहरी घटनास्थलमा पुगिसक्ने बताए । काठमाडौं उपत्यकाका बजार क्षेत्रहरू असन, न्युरोड, कालीमाटी, दरबारमार्ग, बसपार्कलगायतमा हुन सक्ने ठगी, कालोबजारी, पाकेटमारी नियन्त्रणको लागि सामुदायिक प्रहरी परिचालन गरिएको छ । प्रहरी परिचालनसँगै अहिलेसम्म कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।
प्रहरीले दसैं सुरक्षा योजनामा अहिले ३२ ठाउँ चेकिङ गरिरहेको छ । जसमा प्रहरी विशेष ट्राफिक चेकिङ गरेको छ । जस अन्तर्गत लामो दूरीका गाडीहरु चेकिङ्ग, नागढुङ्गा, फर्पिङ्ग, जगाती, मुड्कुलगायत उपत्यकाबाट बाहिरिने सबै नाकाहरुमा चेकिङ गरिहेको छ ।
त्यस्तै प्रहरीले पिकेट गस्ती, पैदल गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती, सादा पोशाकमा प्रहरी परिचालन, क्युक रेस्पोन्स भेइकल (सिआरभी), क्युक रेस्पोन्स टिम (क्युआरटी) सरप्राइज चेकिङ, भिगोरस चेकिङ गरेको छ ।
त्यस्तै डक स्न्याचिङ पनि गरिएको छ । जसमा संका लागेको अवस्थामा प्रहरीले कुकुरको सहायताले चेकिङ गर्ने गरेको छ । कुकुरको सुघ्ने क्षमता धेरै भएकाले विस्फोटक पदार्थ र अपराधीहरु पत्ता लाग्न सक्ने सम्भावना हुन्छ ।
Comments
अरु समाचार
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
-
पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु
मोरङ। कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गर्नुभएको छ । मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा...