एमाले र माओवादी एकताप्रति चीन निकै खुसी, भारतको असन्तुष्टि
काठमाडौं, १७ असोज । नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीचको पार्टी एकता गर्ने तयारीपछि नयाँ तरंग पैदा भएको छ । आगामि प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टी एकताको चर्चा चलिरहेका बेला मुलुकको राजनीतिमा नयाँ तरंग पैदा भएको छ । दुई बामपन्थी पार्टीबीच एकताको गृहकार्यपछि पक्ष विपक्षमा चर्चा परिचर्चा सुरु भएको हो । जसको चर्चा नेपालमा मात्रै नभएर विदेशमा समेत सुरु भएको छ । नेपालका दुई छिमेकी देश भारत र चीनले पनि यसलाई विशेष महत्वका साथ हेरेका छन् । भारत एकताको विपक्षमा उभिएको छ भने चीन पक्षमा देखिएको छ । भारतले यस विषयमा असन्तुष्टी जनाएको छ भने उत्तरी छिमेकी चीनले खुसी व्यक्त गरेको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच पार्टी एकता गर्न दुवै पार्टीका नेताहरु सम्मिलित सात सदस्यीय संयोजन समिति बनेपछि भारतीय अधिकारीहरुले आफूलाई गल्ती गरेको बताएको जानकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको बैठकमा गराएका छन् । ‘तपाईको स्वतन्त्र व्यक्तित्व बनिरहेको थियो, एमालेसँग पार्टी एकता गर्ने तयारी हामीलाई राम्रो लागेको छैन’ प्रचण्डले बैठकमा राखेको धारणा उदृत गर्दै एक बरिष्ठ नेताले भने ‘चिनियाहरु भने हाम्रो यो तयारीमा खुसी देखिन्छन ।’
चिनिया कम्युनिष्ट पार्टीका नेताहरुले एमाले र माओवादी केन्द्रका नेताहरुलाई पार्टी एकता गरेर अगाडि बढ्न सुझाव दिँदै आएका थिए । एमाले र माओवादी केन्द्रवीचको एकता बाबुराम भट्टराईलाई पनि सहभागी गराउने बारेमा छलफल भइरहेको पनि प्रचण्डले बैठकमा जानकारी गराएका छन् ।
संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल र बरिष्ठ उपाध्यक्ष बामदेव गौतम छन भने माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहेका छन् ।
दशै विदामा एमाले र माओवादीका नेताहरुवीच भएको छलफलका आधारमा सात बुँदे समझदारी तयार गरिएको छ । सो समझदारीपत्रलाई अध्यक्ष प्रचण्डले पार्टी नेताहरुलाई सोमबार जानकारी गराएका हुन । एमालेसँग पार्टी एकता गर्ने प्रचण्डको प्रस्तावलाई माओवादी केन्द्रका अधिकाँश नेताहरुले महान, ऐतिहासिकको संज्ञा दिँदै राष्ट्रिय स्वाधिनता र समाजवादी क्रान्तिको ढोका खोल्ने प्रस्ताव रहेको धारणा व्यक्त गरेका छन् भने मात्रिका यादव, गोपाल किराँती र मणि थापाले फरक मत राखेका छन् । उनीहरुले एमालेसँग पार्टी एकता गर्ने प्रस्ताव गलत भएको धारणा व्यक्त गरेका थिए ।
आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सुर्य चिन्हबाट चुनाव लड्ने, दुवै निर्वाचनमा एमालेका ६० प्रतिशत र माओवादी केन्द्रका ४० प्रतिशत उम्मेदवार उठाउने प्रस्ताव दुवै पार्टीका नेताहरुले तयार पारेको प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार चयन गर्न बोलाइएको बैठकमा प्रचण्डले एमालेसँग पार्टी एकताको प्रस्ताव राखेका थिए । सो प्रस्तावमा अधिकाँश नेताहरुले आफनो धारणा राखेका थिए । एमालेसँग पार्टी एकताको प्रस्तावपछि माओवादीका नेता तथा कार्यकर्ताहरुका वीचमा नेतृत्वसँगै एमालेमा प्रवेश गर्ने वा बिद्रोह गर्ने भन्नेमा बहस शुरु भएको छ ।
Comments
अरु समाचार
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
-
पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु
मोरङ। कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गर्नुभएको छ । मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा...