ताजा समाचार

जलविद्युत आयोजनाको उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

काठमाडौं, १७ असोज । जलविद्युत आयोजनाको उद्घाटन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । भारतीय कम्पनी सतलजको लगानीमा बन्न लागेको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्न मोदी नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उक्त आयोजना शिलान्यास गर्ने कार्यक्रम छ ।

त्यसका लागि मोदी असोज अन्तिम साता वा कात्तिक पहिलो साता नेपाल आउने तयारी भइरहेको छ । मोदीको नेपाल भ्रमणको मिति टुंगो लगाउन परराष्ट्र मन्त्रालय गृहकार्यमा जुटेको छ । मोदी तेस्रोपटक नेपाल आउने निश्चित भइसकेको प्रधानमन्त्री देउवाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए । उनले भने, ‘अब प्राविधिक कुराहरु मिलाउन बाँकी छ ।’

अरुण तेस्रो करिब एक खर्ब १६ अर्ब लागतमा बनाइँदैछ । नौ सय मेगावाटको आयोजनाबाट नेपालले एक सय ९८ मेगावाट बिजुली निःशुल्क पाउनेछ । सन् २००८ मा सतलजले अरुण तेस्रो आयोजना निर्माणको जिम्मा पाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org