ताजा समाचार

बुहारीको इन्कारी बयानपछि सीमा बचाउँ अभियान्ता देवनारायण यादव रिहा

सप्तरी, २१ असोज । भारतीय प्रहरीको थुनामा रहेका सीमा बचाउँ अभियानका अभियान्ता देवनारायण यादव र उनका छोरा अजय रिहा भएका छन् । अपहरणको आरोपमा एक साताअघि पक्राउ परेका यादव बाबु छोरा रिहा भएका हुन् । विहार राज्यको सुपोल जिल्लास्थित अदालतको आदेशमा देवनारायण बाबुछोरा शनिबार साधारण तारेखमा रिहा भएका हुन् । उनीहरुविरुद्ध अपहरण मुद्दा लगाइएको थियो ।

भारतकी ज्योती साहले केही महिनाअघि यादवका छोरा अजयसँग भागी विवाह गरेका थिए । त्यसबेला नै देवनारायण बाबुछोरासहित चार जनाविरुद्ध अपहरणको मुद्दा गरेको थियो । तर, दशैंको बेलामा सीमा पारी गरेको बेला अजयले भारतीय प्रहरीले पक्राउ गरेको थियो । छोरालाई छुटाउन गएका देवनारायणलाई पनि पक्राउ गरिएको थियो ।

बुहारी ज्योतिले अदालतमा इन्कारी बयान दिएपछि न्यायाधीशले रिहा गर्न आदेश दिएका हुन् । गत वर्ष सप्तरीको तिलाठीमा भारतीय पक्षले बनाएको अबैध बाँध देवनारायणकै अगुवाईमा स्थानीयबासीप्ले भत्काएका थिए । त्यसक्रमा उनी घाइते भएका थिए । त्यसको बदला लिन देवनारायणलाई पक्राउ गरेको बताइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org