ताजा समाचार

बाबुरामपथमा ओली–प्रचण्ड

वाम एकता र लोकतान्त्रिक शक्तिको गठजोडले फेरी एकपटक अहिलेको राजनीतिक बजार तताएको छ । अपत्यारीलो र हठात् जस्तै गरी भएका यी राजनीतिक परिवर्तनले मतदाता र कार्यकर्ता भने अलमलमा परेका छन् । फरक पार्टीमा छँदा छोटो अवधिमै आपूm नेतृत्वमा पुग्ने बाटोमा रहेका धेरै कार्यकर्ताको बचल्ली भएको छ भने केही केन्द्रीय तहकै नेताहरूको विरोध रहेको छ । झिनो स्वरको बिरोधकै बाबजुद पनि अब आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि यी तीन दलको चुनावी तालमेल त हुने नै भयो तर मुख्य रूपमा बिरोध भनेको निर्वाचनपछिको पार्टी एकतामा हो । अहिले केही नेताहरूबाट सुनिएको छ यो वाम एकताको कुरा एकाएक आएको होइन र लामो समयको प्रयासपछि सार्वजानिक भएको हो । यदि भित्रभित्रै एकताको कुरा भइरहेको थियो भने आजसम्म भएका प्रचण्ड ओलीको झगडा कुटे झै गर र रोए झैँ गर्छु मात्रै हो रहेछ भन्ने कुराको प्रमाण हो यो बाम एकता । केपी ओलीलाई मानसिक अस्पताल लैजानुपर्छ भन्ने प्रचण्ड र प्रचण्डलाई पटक–पटक माकाफुइँ नदेखाउन चेतावनी दिने ओलीले जनताको आँखामा धुलो छरेर खाटमाथि राता गाला गरेर एक अर्कामाथि औँला ठड्याएर खाटमुनी लुकेर तिनै गाला चाटाचाट गर्ने गर्दा पो रहेछन् । विचरा हामी नेपाली कति सोझा दुई पार्टी भनेका छौँ कोही एमालेको पुच्छर बनेर माओवादीलाई गालि गरेका छौँ त कोही माओवादीको गोटी बनरे एमालेप्रति प्रहार गरीरहेका छौँ आखिर उनीहरूको भित्रभित्रै यस्तो मिलनसारिता रहेछ यत्तिका वर्षको हाम्रो कटुताको के अर्थ ?
यो बाम एकताको कुरा बाबुराम भट्टराईले आज भन्दा धेरै पहिले नै उठाएका थिए तर त्यसबेला प्रचण्डले आपूmलाई महाराज सम्झेर कसैको आवश्यकता महशुस गरेनन् र बाबुरामको कुरालाई एक कानले सुनेर अर्को कानले उँडाइदिए । बाबुराम र प्रचण्ड एकै ठाउँमा हुँदा होस् या फरक पार्टीमा हुँदा होस् प्रचण्ड ढिलै भएपनि बाबुरामको बाटोमै हिँड्न बाध्य हुन्छन् । संविधान जारी गर्ने बेला बाबुरामले कार्यकारी प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने व्यवस्था लागू गर्न हरतरहले प्रयास गरे तर प्रचण्डले त्यो मुद्दा नै छोडिदिए उनी अहिले आएर पुनः त्यही एजेण्डामा पुगेका छन् । त्यसैगरी नेपालमा भएका सबै बामपन्थी दल एकै ठाउँमा उभिनुपर्छ भनेर भन्ने पहिलो व्यक्ति पनि सम्भवत बाबुराम नै होलान् आज आएर त्यही ठाउँमा प्रमुख बाम शक्तिहरू जोडिन पुगेका छन् । तर यो बाम एकता न त कसैको रहरले भएको हो न त देश विकास र नेपाली जनताको हित गछौँ भन्ने उद्देश्यका लागि नै भएको हो । अहिलेको यो नौ टङ्की फेरी एकपटक नेपाली जनताको आँखामा कालो पट्टि बाँधिदिएर आपूmहरू सत्तामा पुग्ने मुख्य उद्देश्यका साथ भएको हो । यदि देशको लागि केही गर्नुपर्छ भन्ने हुँदो हो त यतिका वर्षसम्म यिनको आँखामा कसले खुर्सानीको धुलो छरेको थियो र ? हिँजोसम्म सबैमा एक्लै हिँडेर पनि लक्ष्य प्राप्ति गर्न सकिन्छ भन्ने अहंमता थियो जब दुईवटा संविधानसभाको निर्वाचन हुँदै स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा सबैले आफ्नो स्थान तुलना गर्न भ्याए अब बल्ल यिनीहरूको आँखा खुल्यो र कसरी हुन्छ हामीहरू नै सत्ताका लागि प्रख्यात हुनुपर्छ भन्ने उद्देश्यले बाम एकताको बिन्दुसम्म पुगेका छन् । अबको चुनावमा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत ल्याउने सम्भावना नरहेपछि नै यिनीहरूको मुटुमा ढ्याङ्ग्रो बजेको हो । होइन भने  सबैले लुटिरहन पाएकै थिए केको बाम एकता केको पार्टी एकता ? भर्खरै सम्मपन्न भएको स्थानीय तहको निर्वाचलने माओवादीको राजनीति लगभग सकिएको देखाएपछि नै प्रचण्ड झस्केका हुन् । संसदमा तेस्रो भूमिकामा रहेपनि यतिबेला देश प्रचण्डकै इसारामा चलिरहेको छ । बाटो बाबुरामले देखाएको भएपनि पछिल्लो राजनीतिक परिवर्तन प्रचण्कै कारणले सम्भव भएको हो ।
अहिलेको बाम चुनावी एकता जति सहजै भएको छ निर्वाचनपछिको पार्टी एकता त्यो भन्दा जटिल हुनेछ । अहिले फरक फरक पार्टीभित्रै बिभिन्न गुट उपगुटको हाँगा फिँजारीदै गइरहेका बेला हुने पार्टी एकताले सबैको स्थान मिलान गर्न सम्भव देखिँदैन केन्द्रमा मिल्न सहज भएपनि तल्लो स्तरमा बढी नै झै–भगडा हुने सम्भावना छर्लङ्गै देख्न सकिन्छ । मुख्य गरी अहिलेको बाम एकतामा तीन दल समावेश भएको भएपनि प्रतिसतका हिसावबले नयाँ शक्तिको भाग त्यसमा समावेश भएको देखिँदैन । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेलाई ६० प्रतिसत र माओवादी केन्द्रलाई ४० प्रतिसत सिट दिने सहमतिसँगै नयाँ शक्ति माओवादी केन्द्रमै विलय भएको अनुमान लगाउन सकिन्छ । भन्न त बाबुरामले माओवादी रातो स्टिकर टाँसेको घर हो भनिसकेका थिए तर आज उनी ढोकाबाट नभइ झ्यालबाट पुनः त्यही घरमा छिरेका छन् । एमालेलाई लिङ्ग नभएको पार्टी भन्ने पनि उनै बाबुराम हुन् आज फेरी त्यही एमालेमा उनी मिसिएका छन् । सँधै मनमा इगो मात्रै लिएर राजनीति नचल्ने रहेछ भन्ने कुराको प्रमाण हामीले धेरै भेटेका छौँ यदि त्यस्तै इगो लिइरहेको भए न त पुष्पकमल दाहाल दोस्रोपटक प्रधानमन्त्री हुन्थे न त शेरबहादुर चौँथो पटक । हिँजो टाउकाको मूल्य तोक्ने देउवा र प्रचण्डको घाँटी जोडाइ भन्दा बरु बाबुरामको बाम एकतालाई नै सहज रूपमा लिन सकिन्छ किनकी यसको सुत्रोत्पादक उनी स्वयं हुन् । स्थानीय तहको निर्वाचनमा नराम्रो नतिजा बेहोरेको नयाँ शक्तिका लागि भने यो बाम एकता कागताली नै परेको छ । किनकी पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित बाबुरामले आगामी मङ्सीरमा हुने निर्वाचनमा लज्जास्पद हार नै बेहोर्नुपर्ने सम्भावना देखिएको थियो यो एकता सँगै उनको अस्तित्व रक्षा हुने देखिएको छ । त्यसैगरी दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौँबाट हार बेहोरेका प्रचण्डले सिरहाबाट पनि लगभग हार हात पारिसकेका थिए त्यसैका आधारमा उनी पनि आगामी निर्वाचनबाट सुनिश्ति रूपमा प्रतिनिधिसभा सदस्यमा चयन हुन सक्ने सम्भावना ज्यादै न्यून थियो यता केपी ओलीको राष्ट्रबाद पनि मौसमी खेती जस्तै मौलाएर ओइलाउँदै गएपछि यी सबै कुरालाई मध्यनजर गरेर नै दलहरू वा यिनका प्रमुखहरू आ–आप्mनो स्थान जोगाइराख्नका लागि यो समिकरणमा सूत्रबद्ध भएका हुन् ।
ठूलापार्टीबीच हुन लागेको चुनावी तालमेलसम्म ठिकै छ यसले कसैलाई घाटाभन्दा नाफा नै बढी पुग्नेछ । तर अहिले भनिएजस्तै चुनावपछिको पार्टी एकीकरण हुनसक्ने सम्भावना कतै कुनामा लुकेको भए फरक कुरा हो तर बाहिर त्यस्तो कुनै सम्भावना देखिँदैन । कहिलेकाँही नसोचेको कुरा पनि हुनेगर्छ यदि त्यसैगरी यी बाम दलहरूको बीचमा पार्टी नै एकीकरण भइहाल्यो भने पनि भर्खरै भएको राप्रपा एकीकरण र विभाजन जस्तै हुनेछ । चुनावी परिणम पछि ठूलो भाग पाउनेले सानालाई पुनः पैतालाले दबाउन खोज्नेछ अनि शुरु हुन्छ भागबन्डाको राजनीति र फुटको शृङ्खला । त्यसैले पछिल्लो राजनीतिक घटनाबाट कोही पनि बढी उत्हासी र बढी हतोत्साही हुन जरुरी देखिँदैन । यो प्रचण्ड ओलीको अन्तिम राजनीतक अस्त्र हो । यही अस्त्र मार्फत उनीहरू सत्ता राजनीतिमा पुनः एकपटक राज गर्न उद्यत रहेका छन् । यसबाट के बुझ्न सकिन्छ भने यो उनीहरूको राजनीतिक अस्तित्व जोगाउने नयाँ खेल सिवाय अरु केही होइन । हामी जनता सँधैका बबुरा भएरै बस्न बाध्य थियौँ, छौँ र हुनेछौँ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org