चितवनमा ४०८ मतदान केन्द्र तोकियो
रत्ननगर, चितवन, ११ कात्तिक। चितवनमा आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कुल ४०८ मतदान केन्द्र तोकिएको छ ।
जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार जिल्लामा १६१ मतदानस्थलमा ४०८ वटा मतदान केन्द्र तोकिएको जानकारी दिनुभयो । यसअघि स्थानीय तहको निर्वाचनमा जिल्लामा १६१ मतदानस्थलमा ३७६ मतदान केन्द्र रहेको थियो । अहिले भने ३२ मतदान केन्द्र थपिएको छ ।
बिहीबार जिल्लामा तीनवटै निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी यहाँ निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्लाका ४०८ मतदान केन्द्रका लागि दुई हजार ८०० भन्दा बढी कर्मचारी परिचालन गर्ने तयारी रहेको ढकालले बताउनुभयो । मंसिर १६ गते मनोनयन दर्तासँगै निर्वाचनको चहलपहल बढ्ने छ ।
यसअघिको संविधान सभा निर्वाचनमा जिल्लामा पाँच निर्वाचन क्षेत्र रहेकामा यसपटक घटाएर तीन निर्धारण गरिएको छ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माका अनुसार निर्वाचनमा तीन लाख ५४ हजार ३६ मतदाता सहभागी हुँदै छन् । यसअघि स्थानीय तहको निर्वाचनमा तीन लाख १३ हजार तीन मतदाता सहभागी भएका थिए ।
स्थानीय तहको निर्वाचनभन्दा यस निर्वाचनमा ४१ हजार ३३ मतदाता थपिएका छन् । सबैभन्दा बढी क्षेत्र नं ३ मा एक लाख २५ हजार ८१८ मतदाता रहेका छन् । क्षेत्र नं १ मा एक लाख १९ हजार ९९८ मतदाता रहेका छन् । सो क्षेत्रमा राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिका पर्दछन् । क्षेत्र नं २ मा एक लाख आठ हजार २१९ मतदाता रहेका छन् । यस क्षेत्रमा भरतपुर महानगरपालिकाको वडा नं १ देखि ५, ७, १०, ११, १२ र २९ वडा तथा कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छन् । (रासस)
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...













