जन्मकैद सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ
काठमाडौं, १४ कात्तिक । जन्मकैद सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या आरोपमा दोषि ठहराउँदै सर्वोच्च अदालतले जन्मकैद सजाय सुनाईएका ढुंगेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले पक्राउ गरेको हो ।
मंगलबार ललितपुरको सातदोबाटोबाट विहान ११ बजे पक्राउ गरेको सिआईबीले जनाएको छ । सिआईबी प्रमुख डीआईजी पुष्कर कार्कीले ढुंगेल पक्राउ परेको स्विकारेका छन् । ललितपुरकाे सातदोवाटोस्थित एक आफन्तको कोठामा बसिरहेको अवस्थामा ढुंगेललाई पक्राउ गरिएको हाे । उनले भने, ‘हाम्रो टोलीले बिहान सातदोवाटोबाट नियन्त्रणमा लिएर हिरासतमा राखेका छौं ।’ थप कारबाहीको लागि जेल चलान गरिने उनको भनाई छ ।
फरार ढुंगेललाई पक्राउ नगरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालविरुद्ध सर्वोच्च अदालतमा मानहानी मुद्धा परेको थियो । सो रिटमाथि मंगलवारका लागि तोकिएको पेशी स्थगित भएको बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए । सर्वोच्चले जन्मकैदको फैसला गरेपछि पूर्व सांसद समेत रहेका ढुंगेल फरार थिए ।
Comments
अरु समाचार
-
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ युवा पुस्ता
काठमाडौं । इलाम जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका...
-
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव हुँदै
काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६ देखि १८ गतेसम्म सुनसरीको भेडेटारमा खाना महोत्सव हुने भएको...
-
मुन्दुम पदमार्गको विकासमा जुट्दै स्थानीय तह
काठमाडौं । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग भोजपुरसहित तीन वटा जिल्लाका स्थानीय तह जुटेका छन्...
-
मुगुमा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले मुगु जिल्लामा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन गरेको छ।...
-
मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने...
-
काठमाडौं महानगरद्वारा १२ महिनामा १२ रोगको सचेतना अभियान
काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ । महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनको...
-
जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राख्नुभएको छ । ‘जलवायु...
-
‘लागूऔषध दुर्व्यसन’ विरुद्द सचेतनाका लागि वक्तृत्वकला प्रतियोगिता सम्पन्न
गाईघाट । जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्यमा "लागू औषध मुक्त समाज निर्माणमा विद्यार्थीको भूमिका" विषयक नगर...
-
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय...