ताजा समाचार

जन्मकैद सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

काठमाडौं, १४ कात्तिक । जन्मकैद सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या आरोपमा दोषि ठहराउँदै सर्वोच्च अदालतले जन्मकैद सजाय सुनाईएका ढुंगेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले पक्राउ गरेको हो ।

मंगलबार ललितपुरको सातदोबाटोबाट विहान ११ बजे पक्राउ गरेको सिआईबीले जनाएको छ । सिआईबी प्रमुख डीआईजी पुष्कर कार्कीले ढुंगेल पक्राउ परेको स्विकारेका छन् । ललितपुरकाे सातदोवाटोस्थित एक आफन्तको कोठामा बसिरहेको अवस्थामा ढुंगेललाई पक्राउ गरिएको हाे ।  उनले भने, ‘हाम्रो टोलीले बिहान सातदोवाटोबाट नियन्त्रणमा लिएर हिरासतमा राखेका छौं ।’ थप कारबाहीको लागि जेल चलान गरिने उनको भनाई छ ।

फरार ढुंगेललाई पक्राउ नगरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालविरुद्ध सर्वोच्च अदालतमा मानहानी मुद्धा परेको थियो । सो रिटमाथि मंगलवारका लागि तोकिएको पेशी स्थगित भएको बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।  सर्वोच्चले जन्मकैदको फैसला गरेपछि पूर्व सांसद समेत रहेका ढुंगेल फरार थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org