ताजा समाचार

बालकृष्ण पक्राउ परेपछि उज्जनकी दिदी सावित्रीले दिईन यस्तो प्रतिक्रिया

काठमाडौं, १४ कात्तिक । आफ्ना भाईको हत्यारा पक्राउ परेकोमा उज्जनकुमार श्रेष्ठकी दिदी सावित्री निकै खुशी देखिएकी छन् । मंगलबार बिहान सातदोबाटोबाट बालकृष्ण ढुंगेल पक्राउ परेपछि प्रतिक्रिया दिँदै सावित्रीले न्याय नमरेको बताएकी छिन् ।

भाईको हत्यारालाई कारबाहीको माग गर्दै सात वर्षदेखि अड्डा अदालत धाउँदै आएकी सावित्री आज भने निकै खुशी भएकी छिन् । ‘पक्राउ परेको हल्ला त सुनेकी छु। तर, अहिलेसम्म प्रहरीले औपचारिक रुपमा पक्राउ गरेको जानकारी दिएको छैन,’ सावित्रीले भनिन्, ‘यदि त्यसो भयो भनेमात्र मलाई उनी पक्राउ परेको विश्वास लाग्ने छ।’

पक्राउ गरेकै भए पनि शक्तिको आडमा छुटिहाल्छन् होला भन्ने चिन्ताले पनि सताइरहेको उनको भनाई छ । ‘यो कुरा पुष्टी भयो भने म देशमा न्याय मरेको रहेनछ भन्ने छु,’ सावित्रीले रुँदै भनिन्, ‘मेरो दाइले भाइ मारिएको भनेर जाहेरी दिएबापत हत्याराको सिकार हुनुपर्यो। समातेकै भए मेरो दाइको आत्माले शान्ति पाउँछ।’

पक्राउ परेको खबर सुन्दा पूरा विश्वास नभए पनि पहिलो पटक दाजु गणेशकुमार श्रेष्ठको अनुहार झल्झली सम्झिएको बताइन्। ‘उहाँले जाहेरी दिएको भनेर नै मेरा दाइ गणेशलाई पनि मारेका थिए,’ भकानिँदै सावित्रीले भनिन्।

‘न्यायालयले सही फैसला गरेर पनि हामीले न्याय पाउन सकेका थिएनौं,’ सावित्रीले भनिन्, ‘न्यायालयको फैसला कार्यान्वयन गर भन्न पनि हामीले राज्यसँग भिख मागे झै गर्नुपर्यो । यतिका दिन हामीले न्याय मागेर हिँड्दा नै थप क्षति बेहोर्नु पर्यो।’

उनले ढिलै भए पनि पक्राउ पर्दा राहत महसुस गरेको बताइन्। ‘यो देशमा न्याय अझै मरेको रहेन छ भन्ने अनुभव मैले गरेकी छु,’ सावित्रीले भनिन्। हत्यारालाई समातिएको भए पूरा सजाय दिन र कुनै पनि बाहनामा छुट नदिन आग्रह गरेकी छन् । पक्राउ परेपछि आफ्ना भाईको मृतआत्माले शान्ति पाएको भन्दै उनले भनिन्, ‘अब कुनै बाहनामा उनलाई छुट दिने कार्य नहोस्, पुरै सजाय पाओस् ।’

http://news-nepal.com/659075/

http://news-nepal.com/658905-2/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org