ताजा समाचार

ढुंगेल पक्राउ परेपछि वाइसिएलको प्रतिक्रिया, ‘काँग्रेस नेतालाई जेल हाल्छौं’

काठमाडौं, १४ कात्तिक । नेकपा माओवादी केन्द्रको युवा संगठन वार्इसीएका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले नेपाली कांग्रेसका नेताहरूलार्इ पनि द्वन्द्वकालिन मुद्दा ब्युँत्याएर मुद्दा हाल्नुपर्ने बताएका छन् ।

द्वन्द्वकालीन समयमा भएको उज्जवन श्रेष्ठ हत्या प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर ओखलढुंगाका माओवादी नेता बालकृष्ण ढुंगेललार्इ प्रहरीले पक्रेर जेल पठाएपछि अध्यक्ष सापकोटाले कांग्रेस नेताविरूद्ध पनि मुद्दा हाल्ने बताएका हुन् ।

‘यो घटना द्वन्द्वकालका गम्भीर घटनामा ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ मार्फत हेरिने बिस्तृत शान्ति सम्झौताको उलघंनमात्रै होइन, देश निर्वाचनमा होमिइरहँदा निर्वाचन भाँड्ने षड्यन्त्रस्वरुप गरिएको गिरफ्तारीप्रति हाम्रो संगठन आपत्ति व्यक्त गर्दछु, सापकोटाले भनेका छन्, ‘ढुंगेलको मुद्दालाई आयोगमार्फत हल गर्न र उनलाई तत्काल रिहा गर्न माग गर्दै निर्वाचन भाँड्न गरिएको षड्यन्त्रप्रति चनाखो र सचेत हुन समेत आम युवाहरुमा अपिल गर्दछ ।’

ढुंगेललाई तत्काल रिहाई नगरिए देशभरका ७७ वटै जिल्लामा द्वन्दकालिन मुद्दाहरु व्युँताएर घटनामा संलग्न नेपाली कांग्रेस र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने चेतावनी पनि वार्इसीएलले दिएको छ । त्यसका लागि वार्इसीएलले सम्बन्धित जिल्लाका समितिलार्इ निर्देशन पनि दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org