ताजा समाचार

काठमाडौंमा फेरि गोली चल्यो, पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

काठमाडौं, १५ कात्तिक । काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा बुधबार साँझ गोली चलेको छ । एक राउण्ड गोली चलेको प्रहरीले जनाएको छ । गोली हानेर भाग्ने क्रममा तीन जना भारतीय नागरिक पक्राउ परेको महानगरीय प्रहरी परिषर, काठमाडौंका एसएसपी रविन्द्र धानुकले जानकारी दिए ।

पक्राउ पर्नेमा जसवीर सिंह, अरविन्द्र सिंह र देवेन्द्र सिंह रहेका छन् । उनीहरुको साथबाट अटोमेटिक पेस्तोल र ५१ वटा गोल बरामद गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको धानुकले बताए ।

कम्पनीहरुका कर्पोरेट कार्यालय रहेको प्जालामा एक राउण्ड गोली चलाए पनि कोही घाइते नभएको प्रहरीले एसएसपी धानुकको भनाई छ । उनीहरु कुन प्रयोजनले नेपालमा हतियार र ठूलो परिमाणको गोली बोकेर आएको हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरु व्यवसायिक भारतीय सुटर रहेको र नेपालका कसैको हत्याको योजनासहित आएको आशंका गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org