१ वरिष्ठ गायकसहित ९ जना पत्रकार सम्मानित हुँदै, को को परे सूचीमा ?
राजु बोहरा– काठमाडौं, १९ कात्तिक । गीत संगीत क्षेत्रको विकास र संगीतकर्मीहरुको हितका लागि स्थापना भएको विन्ध्यवासिनी फाउण्डेसनले हरेक वर्ष जस्तै यस बर्ष पनि नेपालका ख्याती प्राप्त कलाकारहरुको पनि ब्यजोड प्रस्तुतिको साथमा विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आगामी मंगसिर २ गते सनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाच घरमा भव्य समारोहकाबिच हुने कार्यक्रममा यस वर्ष एक ग्रज संगीतकर्मी स्रष्टालाई सम्मान तथा ९ जना पत्रकारलाई कला पत्रकारिता २०७४ द्वारा सम्मान प्रदान गरिने भएको छ ।
फाउण्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीका अनुसार’ यस वर्षको “बिन्ध्यवासिनी संगीत साधना सम्मान २०७४ बाट बरिष्ट गायक दिप श्रेष्ठलाई सम्मानित गरिने भएको छ । अग्रज श्रष्ठा दिप श्रेष्ठज्यूलाई नगद रु ५० हजार रुपैयाँसहित बिन्ध्यवासिनी संगीत साधना सम्मान २०७४ बाट सम्मान अर्पण गरिने अध्यक्ष रेग्मीले जानकारी दिईन् ।
सोही अवसरमा हरेक वर्ष झैं यस वर्ष पनि गीत-संगीत-कला-साहित्य र चलचित्र संग सम्बन्धित नौ जना पत्रकारहरूलाई “बिन्ध्यवासीनि कला पत्रकारिता पुरस्कार २०७४ द्वारा सम्मान गरिने फाउण्डेसनका सदस्य सुवास रेग्मीले जानकारी दिए । यस वर्ष नगदसहित पत्रकारहरु अमरधोज लामा, अनुपा श्रेष्ठ, बिष्णु प्रसाद गौतम, धुर्ब लम्साल, जिबन पराजुली, मधु शाही, प्रतिमा श्रेष्ठ, बिजय नेपाल र रिता लिम्बुलाई विन्ध्यवासिनी संगीत पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।
यसगरी आगामी पौष १५ गते सनिबार राजधानीको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुने मुक्तिनाथ विकास बैंक द्वारा प्रायोजित आठौँ संस्करण विन्ध्यवासिनी म्युजिक अवार्ड २०७४ को कुल ३२ विधाको मनोनयनमा पर्ने संगीतकर्मीहरुलाई प्रमाणपत्र समेत सोहि कार्यक्रममा प्रदान गरिने भएको छ ।
जहाँ बिन्ध्यबासीनी म्यूजिक लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७४, “बिन्ध्यवासीनी संगीत रत्न सम्मान २०७४,”बिन्ध्यबासीनी संगीत कला पत्रकारिता सम्मान २०७४” र “बिन्ध्यवासीनि चलचित्र सम्मान २०७४” समेत प्रदान गरिने छ ।
Comments
अरु समाचार
-
गायक रवि ओड प्रहरी नियन्त्रणमा
धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार...
-
तनहुँमा चलचित्र निर्माण कार्यशाला
काठमाडाैँ । जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । दोस्रो विश्वयुद्धमा...
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...