ताजा समाचार

हेली एभरेष्टको हवाइ सुरक्षा खेलवाडमा प्राधिकरणको साथ

काठमाडौं, २० कात्तिक । नेपालले हवाई सुरक्षामा ध्यान नदिईरहेको आरोप अन्तर्राष्ट्रिय क्षेत्रमा लाग्दै आएकोमा त्यसलाई पुष्टि हुने काम नेपालकै एक हेलिकप्टर सेवा प्रदायक कम्पनी र त्यसको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले गरेको छ ।

हेली एभरेष्ट नामक हेलिकप्टर कम्पनीमा कार्यरत रहेका अमेरिकन पाइलट माइकल रबिन्सनले त्यस कम्पनीले हवाई सुरक्षामा गम्भीर खेलवाड गरेको लिखित जानकारी प्राधिकरणलाई दिँदै जागीरबाट राजीनामा दिएपछि उक्त कुरा खुलाशा भएको हो ।

आफु कार्यरत रहेको कम्पनीलाई हवाई सुरक्षा तत्काल सुधार्न बारम्बार आग्रह गर्दा पनि त्यसलाई अटेर गरेर जबरजस्ती हेलिकोप्टर उडाउन लगाएपछि आजित भएर उनले लिखित रुपमा हेली एभरेष्टले हवाई सुरक्षामा गरेको गम्भीर खेलवाडका बारेमा नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाइ सुरक्षा बिभागमा लिखित जानकारी दिएका थिए ।

‘उनले हेली एभरेष्टले गरेका हवाइ सुरक्षाको खेलवाडका बारेमा लिखित जानकारी दिएपछि त्यसको छानबिन गरी कारवाही प्रक्रिया अगाडी बढाउनुपर्नेमा प्राधिकरणका कर्मचारी र मन्त्रीले समेत त्यसलाई आर्थिक बार्गेनिङको आधार माने’ स्रोतले भन्यो ‘तत्कालिन पर्यटन मन्त्री जितेन्द्र देव रबिन्सनले दिएको त्यो लिखित उजुरीलाई लत्याउँदै हेली एभरेष्टका संचालकहरुको निम्तोमा छोरीसहित सोलुखुम्बुको स्याङबोचेमा ब्रेकफास्ट गरेर फर्के । प्राधिकरणका कर्मचारी र मन्त्रीका यस्ता गतिबिधिले नेपालको हवाई क्षेत्र पुन कालोसुचीमा पर्न सक्नेछ ।’

युरोपेली युनियन र आइकाओले नेपालको हवाइ सुरक्षा कमजोर भएको भन्दै लामो समय कालोसुचीमा राखेको थियो । हवाई सुरक्षामा खेलवाड नगर्ने हवाई कम्पनी र प्राधिकरणको लिखित प्रतिवद्धता र नेपाल सरकारको आग्रहपछि केही महिना अगाडी मात्र कालोसुचीबाट हटाएको थियो ।

हेली एभरेष्टले गरेको हवाई सुरक्षा खेलवाडका बारेमा पाइलट रबिन्सनले उर्जागर गरेको केही तथ्य जस्ताको तस्तै:–

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org