के देवी ज्ञवाली अपहरणमा परेकै हुन् ? यस्तो छ रहस्य
चितवन, २८ कात्तिक । चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विक्रम पाण्डेले देवी ज्ञवाली माओवादीको अपहरणमा परेजस्तो अनुभूति भएको बताएका छन् । नेकपा एमालेका नेता एवं चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का चुनावी कमाण्डर देवी ज्ञवाली अपहरणमा परेको आरोप लगाएका हुन् ।
वन तथा भूसंरक्षण मन्त्री समेत रहेका पाण्डेले देवी ज्ञवाली माओवादीको अपहरणमा परेजस्तो अनुभूति भएको बताए । ‘हँसिलो अनुहार, मिठो भाषण गर्ने ज्ञवाली अहिले जेजे बोल भन्यो त्यही बोलेर हिँडेजस्तो लाग्न थालेको छ’, भरतपुरमा चुनावी प्रचार प्रसार कार्यालयको उदघाटन गर्दै उनले भने, ‘ठ्याक्कै अपहरणमा परेको व्यक्ति जस्तो बन्नुभएको छ ।’
उनले विगतमा ज्ञवालीको संगतको सम्झना कार्यकर्तालाई सुनाए । ‘सारै दुःख पर्यो, जसरीपनि पैसा खोजेर दिउँ भन्न लगाउहुन्थ्यो’, उनले भने, ‘अहिले उनीहरुकै पक्षमा भाषण गर्दै हिँडेको देखेको छु ।’ ज्ञवाली भरतपुर महानगरको मेयरमा झिनो मतान्नतरले तत्कालिन कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट माओवादी नेतृ रेणु दाहालसँग पराजित भएका थिए । तत्कालिन अवस्थामा भरतपुर–१९ मा मतपत्र च्यातिएर पुनःमतदान हुने बेला सम्म माओवादी केन्द्र र एमालेबीच पानीबाराबारको सम्बन्धन थियो ।
नेता पाण्डेले द्वन्द्वकालमा तत्कालिन माओवादीलाई चन्दा दिएको घटना मतदान गर्नेबेला नबिर्सन कार्यकर्ता र मतदातालाई अनुरोध पनि गरे । उनले परिवर्तनका लागि आन्दोलन भन्दै हिँडेका माओवादी आजभोली सत्ताकेन्द्रीत राजनीतिमा रमाउन थालेको आरोप लगाए । ‘ऋण लगाएर बसेका बेला भएपनि बैंकबाट ऋण लिएर चन्दा दिएको भुल्नुभएको छ ?’, नेता पाण्डेले भने, ‘कांग्रेस, एमालेसित मिलेर सत्तामा जानु थियो भने किन हजारौँ नेपालीहरु मारिनुपर्यो ? सुरुमै सत्ताको राजनीतिमा रमाएको भए हुन्थ्यो ।’
Comments
अरु समाचार
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...