ताजा समाचार

के देवी ज्ञवाली अपहरणमा परेकै हुन् ? यस्तो छ रहस्य

चितवन, २८ कात्तिक । चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विक्रम पाण्डेले देवी ज्ञवाली माओवादीको अपहरणमा परेजस्तो अनुभूति भएको बताएका छन् । नेकपा एमालेका नेता एवं चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का चुनावी कमाण्डर देवी ज्ञवाली अपहरणमा परेको आरोप लगाएका हुन् ।

वन तथा भूसंरक्षण मन्त्री समेत रहेका पाण्डेले देवी ज्ञवाली माओवादीको अपहरणमा परेजस्तो अनुभूति भएको बताए । ‘हँसिलो अनुहार, मिठो भाषण गर्ने ज्ञवाली अहिले जेजे बोल भन्यो त्यही बोलेर हिँडेजस्तो लाग्न थालेको छ’, भरतपुरमा चुनावी प्रचार प्रसार कार्यालयको उदघाटन गर्दै उनले भने, ‘ठ्याक्कै अपहरणमा परेको व्यक्ति जस्तो बन्नुभएको छ ।’

उनले विगतमा ज्ञवालीको संगतको सम्झना कार्यकर्तालाई सुनाए । ‘सारै दुःख पर्यो, जसरीपनि पैसा खोजेर दिउँ भन्न लगाउहुन्थ्यो’, उनले भने, ‘अहिले उनीहरुकै पक्षमा भाषण गर्दै हिँडेको देखेको छु ।’ ज्ञवाली भरतपुर महानगरको मेयरमा झिनो मतान्नतरले तत्कालिन कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट माओवादी नेतृ रेणु दाहालसँग पराजित भएका थिए । तत्कालिन अवस्थामा भरतपुर–१९ मा मतपत्र च्यातिएर पुनःमतदान हुने बेला सम्म माओवादी केन्द्र र एमालेबीच पानीबाराबारको सम्बन्धन थियो ।

नेता पाण्डेले द्वन्द्वकालमा तत्कालिन माओवादीलाई चन्दा दिएको घटना मतदान गर्नेबेला नबिर्सन कार्यकर्ता र मतदातालाई अनुरोध पनि गरे । उनले परिवर्तनका लागि आन्दोलन भन्दै हिँडेका माओवादी आजभोली सत्ताकेन्द्रीत राजनीतिमा रमाउन थालेको आरोप लगाए । ‘ऋण लगाएर बसेका बेला भएपनि बैंकबाट ऋण लिएर चन्दा दिएको भुल्नुभएको छ ?’, नेता पाण्डेले भने, ‘कांग्रेस, एमालेसित मिलेर सत्तामा जानु थियो भने किन हजारौँ नेपालीहरु मारिनुपर्‍यो ? सुरुमै सत्ताको राजनीतिमा रमाएको भए हुन्थ्यो ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org