ताजा समाचार

एमाले नेता शेरधन राई चढेको गाडीमा विप्लव कार्यकर्ताद्धारा बम प्रहार, एउटा गाडी ध्वस्त

भोजपुर, २८ कात्तिक । भोजपुर क्षेत्र २ का बाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राईमाथि बम प्रहार भएको छ । नेत्र विक्रम चन्द विपल्व माओवादी कार्यकर्ताले ट्याम्केमैयु गाउँपालिका वडा ७ को गुम्बा भन्ने ठाउँमा बम प्रहार गरेका हुन् । १४/१५ जनाको समहूले राई चढेको गाडीमाथि बम हानेको प्रत्यक्षदर्शीले बताएका छन्।

बम प्रहारबाट ल्यान्ड रोभर गाडी पूर्णरुपमा ध्वस्त भएको छ। उम्मेदवार राई भने सकुशल छन्। अहिले सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। सुरक्षामा खटिएका असईले उनीहरुमाथि २१ राउन्ड गोली प्रहार गरेका छन्। प्रहरीले उनको हातमा चोट लागेको बताएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org