ताजा समाचार

नवलपरासीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु

नवलपरासी, २८ कात्तिक । नवलपरासीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको ज्यान गएको छ । बुटवल–नारायणगढ सडकखन्डको सुनवलस्थित बडेरामा भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ ।

बर्दघाटबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको स्कुटीलाई ठक्कर दिँदा चालक रुकुम, मुसिकोट नगरपालिका–१३ बस्ने विजय केसी र पछाडि बस्ने अन्दाजी २६ वर्षीया युवतीको ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, भूमही–परासी सडकखन्डको रानीपाकडमा नम्बर खुल्न नसकेको जिपले ठक्कर दिँदा पैदलयात्री सुनवल–१२ भूमही बस्ने ६५ वर्षीया गंगा पाण्डेको ज्यान गएको छ । यस्तै, परासी–सुनवल खन्डको स्वाठीमा टिपरले विपरीत दिशाबाट साइकलमा आउँदै गरेका भाव सुवेदीलाई ठक्कर दिँदा सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org