प्रकाश दाहालले मृत्यु अघिनै आफ्नो फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाए
काठमाडौं, ३ मंसिर । आईतबार एकाबिहानै सबैको कानमा शोकको खबरले स्तब्द बनायो । सबैका कानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको भन्ने खबर पत्याउनै नसकिने गरी पर्यो । तर दैवको चोट र विधिको विधान कसैले रोकेरपनि रोक्न सकिँदैन् । प्रचण्डका एक मात्र छोरा प्रकाशले सदाका लागि यो संसार छोडेर गए ।
आफ्ना पिताको राजनीतिलाई सम्हालिरहेका प्रकाश सामाजिक सञ्जालमा पनि त्यतिनै सक्रिय थिए । उनी आफ्नो पिताको हरेर गतिविधि सामाजिक सञ्जाल फेसबुकमा हालिरहन्थ्ये । तर अब उनी कहिले फेसबुक नचलाउने गरी विदा भएका छन् । अब उनले आफ्ना पिताको सहयोगी भूमिका कहिल्यै निभाउन पाउने छैनन् । प्रकाशको फेसबुकमा रहेको प्रोफाइल तस्वीरसमेत ‘ब्ल्याक एण्ड ह्वाइट’ बनिसकेको छ । संयोग पनि कस्तो १ मृत्युपूर्व अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राखेका रहेछन् ।
कृष्णबहादुर महरासहितको सामुहिक रंगीन तस्वीर हटाएर प्रकाशले अघिल्लो साता नै आफ्नो प्रोफाइल तस्वीर ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाएका थिए । नेपाली संस्कारअनुसार, मृत्यु भइसकेको मानिसको तस्वीर ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाउने चलन छ । आफ्नो फेसबुकको अन्तिम पोष्टिङमा भने प्रकाश दाहालले केही पनि नलेखिकन छोराको तस्वीर राखेका थिए ।
दाहालले आफ्नो फेसबुकको कभर फोटोमा बलिरहेको दीयो राखेका छन् । त्यहा उनी छोराका साथमा देखिन्छन् । र, उनले दशैं, तिहार र छठमा स्वदेश र विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुलाई दिएको शुभकामना नै जीवनको अन्तिम शुभकामना बन्न पुगेको छ ।
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...