स्वदेशी लगानीमा निर्माणाधिन तामाकोशी जलविद्युत् आयोजना सुरुङको ‘ब्रेक थ्रु’
दोलखा, ३ मंसिर । स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाका लागि ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई ‘ब्रेक थ्रु’ भनिएको हो । सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको आयोजनाले ‘ब्रेक थ्रु’ कार्यक्रममा जानकारी दिएको छ ।
ऊर्जा सचिव अनुपकुमार उपाध्यायको निर्देशनपछि आज बिहान ८ः३० बजे सुरुङमा ब्रेक थ्रु’ भएको हो । असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । डिसेम्बर २०१८ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्नेछ ।
आयोजना प्रमुख विज्ञान श्रेष्ठले सञ्चारकर्मीसँग भन्नुभयो “अव सिभिलतर्फको काम १० प्रतिशत मात्र बाँकी छ ।” इलेक्ट्रोमेकानिकलका लागि सामान आयोजनास्थलमा पुर्याउने काम भइरहेको छ । खाडीचौरदेखि सिंगटीसम्मको प्रवेश मार्ग कालोपत्र सडक विभागले अगाडि बढाएको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हेभी इक्विपमेन्ट’ आयोजना स्थलसम्म पु¥याउन कठीन भएको छ । अहिले विद्युत् गृह जडानको काम अगाडि बढेको छ । कंक्रिटको काम द्रूत गतिमा अघि बढाउन रातदिन काम भइरहेको छ । उहाँकाअनुसार टर्वाइन र प्रसारणलाइन निर्माणको काम पनि जारी छ । प्रसारणलाइनका लागि ठड्याउनुपर्ने १४७ वटा पोलमध्ये १६ वटा मात्र बाँकी छन् ।
श्रेष्ठका अनुसार आयोजनाको लागत रु ३५ अर्ब ३० करोड छ । कर्मचारी सञ्चय कोषको रु १० अर्ब, नेपाल टेलिकमको रु ६ अर्ब, नागरिक लगानी कोषको रु दुई अर्ब र राष्ट्रिय बीमा संस्थानको रु दुई अर्ब लगानी छ । आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई दिनुपर्ने शेयर चुनावलगत्तै निष्कासनको तयारी गरेको छ । त्यसमा क, ख र ग वर्गमा विभाजन गरी जिल्लावासीलाई शेयर वितरण गरिनेछ । रासस
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
वीरगञ्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात
काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा रु पाँच अर्ब २६ करोड ३७ लाख १० हजार मूल्य...
-
अमेरिकी डलरको मूल्य घट्योे, युरोको बढ्यो
काठमाडौँ, १० असोजः नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको...
-
‘बीआरआई नेपाल र नेपालीको हितमा छ, अविलम्ब कार्यान्वयन गरियोस्’
काठमाडौं । बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) नेपाल र नेपालीको हितमा भएकाले शीघ्र कार्यान्वयन गर्नुपर्ने काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले...
-
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ...
-
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
काठमाडौं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९÷८० को...
-
सुनको मूल्यले नयाँ कीर्तिमान
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको...
-
के तपाई भिजिट र पर्यटक भिसामा विदेश गएर काम गर्न खोज्दै हुनुहुन्छ ? सचेत हुन विभागको आग्रह
काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभागले भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी...