घरेलु हतियार प्रहारबाट छ जना घाइते, तीन बेपत्ता
बाजुरा ८, मंसिर । बाजुराको बूढीगंगा नगरपालिका–१ मा बिहीबार राति ८ बजे घरेलु हातहतियार प्रहारबाट नेपाली काँग्रेसका छ जना कार्यकर्ता घाइते भएका छन् भने तीनजना सम्पर्कविहीन रहेका छन् । घाइते हुनेमा बूढीगंगा नगरपालिका–१ का स्थानीय कृष्णबहादुर थापा, अम्म थापा, ललित थापा, गोपाल थापा, गोरे सनाइ र लाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार एमालेका कार्यकर्ताको आक्रमणमा परी तीनजना सम्पर्कविहीन रहेको बताइएको छ । सम्पर्कविहीन हुनेमा सोही वडाका स्थानीय डम्बर थापा, रमेश नेपाली र किसन नेपाली रहेको प्रहरी नायब निरीक्षक जगदिश भट्टले जानकारी दिनुभएको छ ।
भट्टले दिएको जानकारीअनुसार घाइतेमध्ये कृष्ण थापा र अम्म थापाको अवस्था गम्भीर रहेको बताउनुभयो । आक्रमणकारीले कृष्ण थापाको मोबाइल, डायरी, ज्याकेट र नगद रु पाँच हजार ५०० लुटेको बताउनुभयो । उहाँले घाइते भएका कृष्ण थापा सोही वडामा रहेको जनप्रभात प्राविका शिक्षक हनुहुन्छ भने ललित थापा स्थानीय तहको निर्वाचित वडा सदस्य रहनुभएको छ । घाइते भएका छ जनाको जिल्ला स्वस्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको प्रहरीले बताएको छ । आक्रमण गर्नेको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
नेपाली काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार कविराज पण्डितलाई सोही वडाका वडाध्यक्ष राजेशबहादुर सिंहको घरबाट आउँदै गरेको बेला धुरालसैन माविको तलतिर एकान्त ठाउँमा पछाडिबाट हातहतियारले हानेर घाइते बनाएको घाइते अम्म थापाले बताउनुभएको छ ।
बाटोमा हिँडिरहेका बेला कुनै कुराकानी नगरी एकाएक एमालेका कार्यकर्ताले आक्रमण गरी घाइते बनाएको थापाको भनाइ छ । वामगठबन्धनका उम्मेदवार लालबहादुरको निर्देशन र आक्रमणमा संलग्न गणेश थापाको नेतृत्वमा गएको ४० जनाको समूहले खुकुरी, घरेलु हातहतियार र ढुंगा प्रहारबाट काँग्रेसका कार्यकता घाइते भएकोप्रति नेपाली काँग्रेसले घोर आपत्ति जनाएको छ ।
चुनावी प्रचारमा जनतालाई भेटघाट गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार भए पनि राणा शासन चलाउन खोजेकोप्रति काँग्रेसले विरोध गर्छ काँग्रेस सभापति कविराज पण्डितले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...