देशमा विकास ल्याउन वाम गठबन्धन : प्रचण्ड
चितवन, ९ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विकासको लहर ल्याउनका लागि वाम गठबन्धन गर्नुपरेको बताउनुभएको छ । संयुक्त वाम गठबन्धनले आज शिवनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले विकासको लहरमा समाहित हुन सबैसँग आग्रह गर्नुभयो । चितवनको अभिमतबाट राष्ट्रको नेतृत्व आफूले गर्न लागेको भन्दै अध्यक्ष दाहालले भन्नुभयो “सही समयमा सही निर्णय गर्नुपर्छ ।”
उहाँले यो देशको सामाजिक न्यायका निम्ति आफ्नो उम्मेदवारी रहेको भन्दै अब आफ्नो एजेण्डा आर्थिक समृद्धिको हुनेछ भन्नुभयो । लामो समयसम्म राजनीतिक उपलब्धि प्राप्तिका लागि लागेको चर्चा गर्दै अध्यक्ष दाहालले अब हामी सबै मुलुकको समृद्धिका लागि जुट्नुपर्ने बताउनुभयो ।
उहाँले चितवनको विकास र समृद्धिका लागि आफू गृहजिल्ला आएको पनि बताउनुभयो । सो अवसरमा भरतपुर महानगरपालिका–१९ को बखान सहकारी संस्थाका अध्यक्ष मोहनसिंह लामा, प्रकृति आमा समूहकी अध्यक्ष सन्जु तामाङलगायत काँग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उहाँहरु अध्यक्ष दाहालले पार्टीमा स्वागत गर्नुभयो । रासस
Comments
अरु समाचार
-
पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध
१२ असोज, काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो...
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...