महिला विश्व टी-२० छनोटः नेपालद्वारा चीन ५० रनले पराजित
काठमाडौं, १० मंसिर । आइसिसी महिला विश्व टी-२० कप छनोटमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । छनोट चरण अन्तर्गत आइतबार सम्पन्न खेलमा चीनलाई ५० रनले पराजित गरेको हो । शबनम राईको ह्याट्रिकसँगै नेपाल ५० रनले विजयी भएको हो ।
शवनमले आफ्नो पहिलो ओभरको अन्तिम बल, दोस्रो ओभरको पहिलो र दोस्रो बलमा लगातार ३ विकेट लिँदै ह्याट्रिक पूरा गरेकी थिइन्। उनी यो प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेकी छिन्। नेपालको भने प्रतियोगितामा यो दोस्रो जित हो।
थाइल्याण्डको बैंककमा भएको खेलमा टस जितेर चीनले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। नेपालले पहिलो इनिङमा बनाएको १ सय २ रनको लक्ष्यलाई पछ्याउने क्रममा चीन १८ दशमलव २ ओभरमा ५२ रनमा समेटियो। नेपालको तर्फबाट प्रारम्भिक बलर रुबिना क्षेत्री र सबनम राईले ३–३ विकेट लिए। सीता मगरले २ र करुणा भण्डारीले १ विकेट लिइन्।
यसअघि पहिलो ब्याटिङ गरेको नेपालका लागि रुबिनाले पुछारमा २ चौकाको सहयोगले १४ बलमा अविजित १८ रन बनाएपछि नेपालले ८ विकेटको क्षतिमा सय रनको योगफल पूरा गरेको हो। सुरुवातमा काजल श्रेष्ठले १६ र नेरी थापाले ११ रन बनाएका थिए। ३ ओभरमा ७ रन मात्र खर्चेर ह्याट्रिक गरेकी शवनमलाई ‘प्लेयर अफ दि म्याच’ घोषित गरिएको छ।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...