वर्षा नहुँदा गहुँ छर्न समस्या
बैतडी, २१ मंसिर । आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहुँ छर्न पाएका छैनन् । सिँचाइको सुविधा नभएको ठाउँका किसान आकाशे पानीको भर पर्नु परेको हो । जिल्लामा २० हजार ९०० हेक्टरमा गहुँ खेती गरिदै आएकोमा १० हजार ५०० हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सूर्नया–८ का रमेश बोहरा खेत बाँझै रहने चिन्ता भएकोे बताउनुहुन्छ । उहाँले भन्नुभयो, “समयमै पानी नपर्दा मारमा परेका छौँ ।”
सिँचाइको अभावमा समयमा मकै छर्न नपाएको सुर्नया–६ का किसान गौरीदत्त अवस्थीले बताउनुभयो । मंसिर दोस्रो सातासम्म गहुँ छर्ने उपयुक्त समय हो । सिँचाइको अभावमा अधिकंश खेत बाँझै रहेको सुर्नया–२ का किसान मोहनबहादुर विष्टले बताउनुभयो । गहुँ छरेका ठाउँमा समेत सिँचाइको अभावमा उम्रेको गहुँ खेतमै सुक्न थालेको किसानले बताएका छन् । गहुँ समयमै छर्न नपाउँदा उत्पादनमा कमी आउने जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत कर्णबहादुर चन्दले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
काठमाडौं । झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । स्थानीय तह पुनःसंंरचना भएपछि हल्दिबारी गाउँपालिकाले...
-
कोशी प्रदेशमा सवारी दुर्घटनाः पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
काठमाडौं । कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर...
-
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
काठमाडौं । संखुवासभा जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि...
-
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ युवा पुस्ता
काठमाडौं । इलाम जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका...
-
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव हुँदै
काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६ देखि १८ गतेसम्म सुनसरीको भेडेटारमा खाना महोत्सव हुने भएको...
-
मुन्दुम पदमार्गको विकासमा जुट्दै स्थानीय तह
काठमाडौं । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग भोजपुरसहित तीन वटा जिल्लाका स्थानीय तह जुटेका छन्...
-
मुगुमा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले मुगु जिल्लामा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन गरेको छ।...
-
मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने...
-
काठमाडौं महानगरद्वारा १२ महिनामा १२ रोगको सचेतना अभियान
काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ । महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनको...