ताजा समाचार

वर्षा नहुँदा गहुँ छर्न समस्या

बैतडी, २१ मंसिर । आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहुँ छर्न पाएका छैनन् । सिँचाइको सुविधा नभएको ठाउँका किसान आकाशे पानीको भर पर्नु परेको हो । जिल्लामा २० हजार ९०० हेक्टरमा गहुँ खेती गरिदै आएकोमा १० हजार ५०० हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सूर्नया–८ का रमेश बोहरा खेत बाँझै रहने चिन्ता भएकोे बताउनुहुन्छ । उहाँले भन्नुभयो, “समयमै पानी नपर्दा मारमा परेका छौँ ।”

सिँचाइको अभावमा समयमा मकै छर्न नपाएको सुर्नया–६ का किसान गौरीदत्त अवस्थीले बताउनुभयो । मंसिर दोस्रो सातासम्म गहुँ छर्ने उपयुक्त समय हो । सिँचाइको अभावमा अधिकंश खेत बाँझै रहेको सुर्नया–२ का किसान मोहनबहादुर विष्टले बताउनुभयो ।  गहुँ छरेका ठाउँमा समेत सिँचाइको अभावमा उम्रेको गहुँ खेतमै सुक्न थालेको किसानले बताएका छन् । गहुँ समयमै छर्न नपाउँदा उत्पादनमा कमी आउने जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत कर्णबहादुर चन्दले बताउनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org