ताजा समाचार

दोस्रो चरणको निर्वाचनमा ६७ प्रतिशत मतदान, शुक्रबारदेखि मतगणना हुने

काठमाडौं, २१ मंसिर । बिहीबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा ६७ प्रतिशत मतदान भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा मतदान सम्पन्न भएका भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ ।

सरदरमा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिए । सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खसेको छ । यो आँकडा अझै बढ्नसक्ने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा सदस्यका लागि ४५ जिल्लामा रहेका ७ हजार ७५२ मतदान स्थल र १५ हजार ३४४ मतदान केन्द्रमध्ये एक मतदान स्थलबाहेक सबैमा शान्तिपूर्ण मतदान भएको छ । अर्घाखाँचीको सन्धीखर्कस्थित नेटा मतदान स्थलमा रहेका दुवै मतदान केन्द्रको मतदान रद्ध गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

मुख्य निर्वाचन अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै राजनीतिक दलका कार्यकर्ताले मतदान स्थल तोडफोड गर्नुका साथै मतपेटिकामा आक्रमण गरेपछि मतदान रद्ध गरिएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए । त्यस स्थलको मतदान केहिदिनभित्रै हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org