ताजा समाचार

रोल्पामा पूर्व अर्थमन्त्री वर्षमान पुन दोब्बर मतले अगाडि, कांग्रेसका अमरसिंहको २४९९ मत  

रोल्पा, २२ मंसिर । रोल्पामा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन दोब्बर मतले अगाडि रहेका छन् ।प्रतिनिधिसभाको लागि १ क्षेत्र रहेको रोल्पामा वाम गठबन्धनका तर्फबाट वर्षमान पुनले ५०५१ मत ल्याएका छन्, कांग्रेसका तर्फबाट अमरसिंह पुनले २४९९ मत ल्याएका छन् ।

प्रदेशसभा ‘क’मा माओवादीका कुलप्रसाद केसीले १८९४ र कांग्रेसका शेरबहादुर महराले १४९७ मत ल्याएका छन् । यस्तै, प्रदेशसभा ‘ख’ मा माओवादीका दिपेन्द्रकुमार पुनले ३७११ र कांग्रेसका खगेन्द्रप्रकाश हमालले ८६१ मत ल्याएका छन् ।

प्रतिनिधिसभाको लागि २ ठाउँमा र प्रदेशसभाको लागि २ ठाउँमा गणना भईरहेको छ । जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले रोल्पामा जम्मा १ लाख २७ हजार ६ सय २९ रहेकोमा झन्डै ७० हजार मत खसेको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org