ताजा समाचार

गोरखामा नारायणकाजीलाई ११ सय मतले पछि पार्दै बाबुराम

गोरखा २२ मंसिर । गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अग्रता फराकिलो बनाएका छन् । सार्वजनिक भएको पछिल्लो आधिकारिक निर्वाचन परिणामअनुसार बाबुरामले नारायणकाजी श्रेष्ठलाई करिब ११ सय मतले पछि पारेका छन् ।

पछिल्लो अपडेट अनुसार बाबुरामले ६ हजार ५३४ मत पाउँदा नारायणकाजीको ५ हजार ३९९ मत छ । गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हरि अधिकारी अगाडि छन् । उनले ४ हजार ९३४ र कांग्रेसका चिनकाजी श्रेष्ठले ४ हजार ४७२ मत पाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org