ताजा समाचार

भोजपुरमा एमाले नेता शेरधन राई तेब्बर मतले अगाडि, वाम गठबन्धनको अग्रता

भोजपुर, २२ मंसिर । भोजपुरमा बाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता शेरधन राई तेब्बर मतले अगाडि रहेका छन् । भोजपुरको प्रदेश सभा २ बाट उम्मेदवार बनेका एमालेका शेरधन राई झण्डै साढे ५ हजार मतले अगाडि छन् । यहाँ शेरधन राईको ८ हजार ३ सय २७ मत छ । त्यस्तै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीले २ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् ।

भोजपुरका प्रतिनिधिसभा तथा प्रदेश सभा गरी ३ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले निरन्तर अग्रता लिइरहेको छ । मतगणना कार्य शुरु भएको करिब १५ घण्टा वितिसक्दा प्रतिनिधि सभा, प्रदेश सभा क र प्रदेश खमा लोकतान्त्रिक गठबन्धनले पछ्याइरहेको छ ।

प्रतिनिधि सभातर्फ वाम गठबन्धनतर्फका उम्मेद्वार माओवादी केन्द्रका सुदन किराँतीले ४ हजार ९ सय ६५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका उम्मेद्वार नेपाली कांग्रेसका उमेशजंग रायामाझीको ३ हजार ६ सय ६ मत रहेको छ ।

त्यस्तै भोजपुरको प्रदेश सभा १ मा नेकपा एमालेका राजेन्द्रकुमार राईले ३ हजार ७९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेकपा संघीय समाजवादी फोरमका अजम्बर राई काङ्गमाङ्गले १ हजार ८ सय ३८ मत प्राप्त गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org