ताजा समाचार

मोरङमा मतगणना सुरु, लालबाबु पण्डित र शेखर कोइरालाको मतपेटिका खोलियो

मोरङ, २२ मंसिर । मोरङमा मतगणना सुरु भएको छ । बिहान ११ बजेदेखि क्षेत्र नम्बर ६ बाट मतगणना प्रारम्भ भएको छ । बिराटनगरको आदर्श माविमा मतगणना भइरहेको छ । क्षेत्र नम्बर ६ मा दुई जना हेभिवेट नेता प्रतिष्पर्धामा छन् ।

कांग्रेस नेता शेखर कोइराला र एमाले नेता लालबाबु पण्डित यो क्षेत्रबाट उम्मेदवार बनेका छन् । मोरङमा ६ वटै निर्वाचन क्षेत्रको मत गणना थाल्ने तयारी भएको छ । प्रत्येक क्षेत्रको मतगणना ३र३ स्थानमा गर्ने तयारी भएको मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org